BIZMANDU
www.bizmandu.com

राष्ट्रपति उपचारका लागि जापानमा, टोकियो विश्वविद्याल अस्पतालमा भर्ना, मंगलवारबाटै उपचार सुरू

२०७० असार ४

राष्ट्रपति उपचारका लागि जापानमा, टोकियो विश्वविद्याल अस्पतालमा भर्ना, मंगलवारबाटै उपचार सुरू
राष्ट्रपति उपचारका लागि जापानमा, टोकियो विश्वविद्याल अस्पतालमा भर्ना, मंगलवारबाटै उपचार सुरू

टोक्यो । ठूलो आन्द्रामा दाग देखिएपछि थप उपचारका लागि जापान पुग्नुभएका राष्ट्रपति डा रामवरण यादवले मंगलबार विहान टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली समूदायसंग कुरा गर्दै उनले आफ्नो स्वास्थ्यको चिन्ता नगर्न आग्रह गरेका गरेका हुन् । त्यस क्रममा उनले आफूलाई खासै त्यस्तो संवेदनशील स्वास्थ्य समस्या केही नभएको र खाली चेकअपका लागि मात्र आएको बताए ।यस अघि राष्ट्रपति डा यादवलाई जापानस्थित नेपाली राजदूत डा मदनकुमार भट्टराई, एनआरएन जापानका अध्यक्ष ओम गुरुङ लगायतले स्वागत गरेका थिए ।
डा यादवको टोकियोस्थित टोकियो विश्वविद्यालय अस्पतालमा उपचार हुने भएको छ । उनलाई मंगलबार नै अस्पताल लगेर उपचार थालिने छ । दुई महिनादेखि पखाला, तौल कम र खाना अरुचिको समस्या देखिएका राष्ट्रपति यादवको शनिबार राजधानीको ग्रान्डी अस्पतालमा सिटिस्क्यान गर्दा ठूलो आन्द्रामा गिर्खो देखिएको थियो । त्यो गम्भीर समस्याको संकेत हुनसक्ने शंकापछि सरकारले सुविधा सम्पन्न विशेषज्ञ अस्पतालमा उपचार गराउन जापान पठाइएको हो ।
चिकित्सकका अनुसार यो खत सामान्य संक्रमण, क्षयरोग र अन्य रोगसंगै क्यान्सर समेत हुन सक्छ । मुलुकमा पेट, मलाशयको उपचार, निदानका लागि सबै सुविधा उपलब्ध नभएकाले शंका निवारण गर्न राष्ट्रपतिलाई बाहिर जान सल्लाह दिइएको उहाँको परीक्षण र उपचारमा संलग्न चिकित्सकको भनाइ छ । राष्ट्रपति डा यादवको साथमा निजी चिकित्सक यादव भट्टसहित परराष्ट्रका शिष्ट्राचार महापाल निरन्जनमान सिं बस्नेत, राष्ट्रपतिका छोरा चन्द्रमोहन र छोरी अनिता, कानुनी सल्लाहकार सूर्य ढुंगेल र तीन सुरक्षाकर्मी पनि गएका छन् । नेपालजापानडटकमबाट

Tata
GBIME