BIZMANDU
www.bizmandu.com

सरकारको नीति तथा कार्यक्रममा शेयर बजारबारे मात्र एक लाइन, ‘पूँजी बजार गतिशिल बनाउने’

२०७५ जेठ ७

काठमाडौं। सरकारले पूँजी बजारलार्इ गतिशिल बनाउने योजना नीति तथा कार्यक्रममा समावेश गरेको छ। छरिएर रहेका पूँजीलार्इ एकिकृत गर्दै परिचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। वित्तीय सुशासनलार्इ कडाइ गर्दै आन्तरिक स्रोत परिचालन गर्ने भनिएको छ।

Tata
GBIME
Nepal Life

यसैगरी सरकारले सम्पत्ती शुद्धिकरण तथा आतंकबादी क्रियाकलाप बिरुद्ध पनि कठोर नीति अवलम्बन गर्ने भएको छ।निष्कृय रुपमा रहेको कर्जालार्इ पूँजीको रुपमा परिचालन गर्ने सरकारको योजना रहेको छ।

सरकारले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा समिति जस्ता नियामक निकायलार्इ बलियो बनाउने तथा क्षमता बढाउने भएको छ।नेपालीको वित्तीय पहुँच बढाउदै पाँच वर्ष भित्रमा सबै नेपालीको बैंक खाता खोल्ने योजना पनि बनाएको छ।