BIZMANDU
www.bizmandu.com

काम खोज्दै विदेशीन वाध्यलाई नेपालमै जागिर, ओली सरकारको नीति: तीन बर्षमा धरहरा निर्माण

२०७५ जेठ ७

काठमाडौं। सकारले पाँच बर्षभित्र रोजगारीका लागि बाहिर जानु पर्ने बाध्यताको अन्त्य गर्ने भएको छ। सोमबार संसदमा नीति तथा कार्यक्रम बाचन गर्दै राष्ट्रपतिले यसका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिने सरकारी योजना सुनाइन्।
 
सरकारले राहदानी, अन्तशुल्क स्टिकरलगायत अति महत्वपूर्ण कागजात नेपालमै छाप्ने ब्यवस्था मिलाउने भएको छ। साथै तीन बर्षभित्र अन्तर्राष्ट्रियस्तरको एउटा खेल परिसर निर्माण गर्ने पनि सरकारी योजना छ।
 
नीति तर्जुमादेखि कार्यान्वयनसम्म पारदर्शी बनाउने सरकारी योजना छ। साथै नतिजामूखी आयोजनामात्र अगाडि बढाइने लक्ष्य राखेको सरकारले प्रधानमन्त्री कार्यालयबाट अनुगमनको पनि अनुगमन गर्ने भएको छ। एक बर्षभित्र निजी आवासको पुननिर्माण गर्दै तीन बर्षभित्र धरहरा, काष्ठमण्डप र रानीपोखरी निर्माण गर्ने सरकारी योजना छ।
 
 
 
 

Tata
GBIME
Nepal Life