BIZMANDU
www.bizmandu.com

आजदेखि टिआइए २१ घण्टा खुल्ने, राती उडान भर्ने जहाजलार्इ पार्किङ शुल्कमा १५% छुट

२०७५ जेठ ७

काठमाडौँ।आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा आउने भएको छ।विहान ६ बजेदेखि राती ३ बजेसम्म विमानस्थल खुला हुनेछ।

Tata
GBIME
Nepal Life

विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले २१ घण्टा विमानस्थल संचालनका लागि सबै तयारी पूरा भएको बताए।’२१ घण्टा विमानस्थल खुला गर्न आवश्यक जनशक्ति समेत तयार भइसकेका छन्’उनले बिजमाण्डूसँग भने।उनका अनुसार एयर ट्राफिक सेवाकालागि ८ जना कर्मचारी थप गरिएको छ।राती काम गर्ने कर्मचारीलार्इ इन्सेन्टिभ दिने निर्णय समेत पर्यटन मन्त्रालयले गरिसकेको छ।राती उडान भर्ने जहाजलार्इ पार्किङ शुल्कमा १५ प्रतिशत सहुलियत पाउनेछन्।

‘रात्रीकालिन उडानमा आकर्षित गर्न हामीले पार्किङ शुल्कमा १५ प्रतिशत सहुलियत दिँदैछौं’ क्षेत्रीले भने,अहिलेसम्म १२ बजेपछिको उडानका लागि इन्क्वायरी आइरहेको छ।तर कुनै विमानले उडान भर्ने टुंगो भने दिएका छैनन्।‘