BIZMANDU
www.bizmandu.com

घरै बसेर शेयर भर्ने प्रणाली प्रभावकारी नभएपछि धितोपत्र बोर्डले सिडिएससीलाई भन्यो- चुस्त बनाउ

२०७५ जेठ ६

काठमाण्डौं। नेपाल धितोपत्र वोर्डले सि-आस्बा सेवा प्रभाबकारी बनाउन सिडिएस एण्ड क्लियरिङलाई निर्देशन दिएको छ। पछिल्लो समय वोर्डमा लगानीकर्ता एवं आस्वा सदस्य बैंक तथा बित्तीय संस्थाले प्रभावकारी नभएको गुनासो गरेपछि वोर्डले आइतबार निर्देशन दिएको हो। 
 
सि-आस्बा सेवा सफ्टवेरमा समय समयमा समस्या आउने गरेको छ। लगानीकर्ता तथा आस्वा सदस्य बैंक तथा बित्तीय संस्थाले वोर्डमा समस्या समाधानका लागि गुनासो गरेका थिए। गुनासोको आधारमा वोर्डले सिडिएससीलाइ चार वुँदे निर्देशन दिएको हो।
 
सी-आस्वा सेवाप्रदायक संस्थालाई प्रदान गरेको सी-आस्वा सफ्टवेरको (कक्टिभिटि) को क्षमता अभिबृद्धि गरी निर्वाध रुपमा चल्ने संयन्त्रको विकास गर्न वोर्डले निर्देशन दिएको छ। यसैगरी सी-आस्वाबाट आवेदन गर्दाको समयमा नै खातामा रहेको रकम तत्काल रोक्का हुने व्यवस्था सहित आवेदनको सुनिश्चितताको बारेमा सेवाग्राहिलाई तत्कालै जानकारी गराउने संयन्त्रको समेत विकास गर्न वोर्डले निर्देशन दिएको छ। 
 
सी-आस्वा सेवा बारेरे पर्याप्त प्रचारप्रसार गर्ने लगायत सेवाप्रदायक बैंक बित्तीय संस्थालाई सी-आस्वा सेवा प्रभावकारी कार्यान्वयन गराउन आफ्ना कर्मचारीलाई आवश्यक तालिम प्रदन गर्न पनि बोर्डले निर्देशन दिएको छ। 

Tata
GBIME
Nepal Life