BIZMANDU
www.bizmandu.com

भियतनामको क्वालिटी रेड अक्स इनर्जी ड्रिङ्क्स नेपाली बजारमा, नेपालमै उत्पादन समेत थालिने

२०७५ जेठ ६

भियतनामको क्वालिटी रेड अक्स इनर्जी ड्रिङ्क्स नेपाली बजारमा, नेपालमै उत्पादन समेत थालिने
भियतनामको क्वालिटी रेड अक्स इनर्जी ड्रिङ्क्स नेपाली बजारमा, नेपालमै उत्पादन समेत थालिने

विराटनगर। खाद्यान्न क्षेत्रमा २५ वर्षको अनुभव सँगालेको क्वालिटी ग्रुपले पछिल्लो पटक ‘रेड अक्स’ नामक इनर्जी ड्रिङ्क्स बजारमा ल्याएको छ।
 
ग्रुपका निर्देशक घनश्याम काबराले भियतनामबाट आयात गरिएको र अन्तर्राष्ट्रिय गुणस्तरको ‘रेड अक्स’ आफ्नो ग्रुपले नेपालको बजारमा ल्याएको जानकारी दिएका हुन्। निर्देशक काबराले केही समयपछि यो पेयलाई नेपालमै उत्पादन गर्न लागेको बताए।
 
क्वालिटी ग्रुप अन्तर्गतको क्वालिटी ईम्पेक्सले आयात गरेको रेड अक्स हाल बजारमा उपलब्ध अन्य इनर्जी ड्रिङ्क्स भन्दा गुणस्तरीय र स्वस्थकर भएको काबराको दाबी छ। ड्रिङ्क्समा ‘लो सुगर र हाई इनर्जी’ भएका कारण मधुमेहका बिरामीले पनि यसलाई प्रयोग गर्न सक्ने उनले बताए।
 
क्लालिटीले यसअघि ‘बुलेट’ ‘वनटुथ्री’ र ‘ताइपाइ’ ब्रान्डमा तयारी चाउचाउ वजारमा ल्याएको थियो। घनश्याम काबरा ग्रुपले तयारी चाउचाउ, स्न्याक्स, खाने तेल, पास्ता र साबुनको उत्पादन गर्दै आएको छ।   
 

Tata
GBIME
Nepal Life