BIZMANDU
www.bizmandu.com

तरकारी र फलफुलको भाउले बढायो महँगी, अण्डाको पनि चुलियो, काठमाडौं सबैभन्दा सस्तो!

२०७५ जेठ ३

तरकारी र फलफुलको भाउले बढायो महँगी, अण्डाको पनि चुलियो, काठमाडौं सबैभन्दा सस्तो!
तरकारी र फलफुलको भाउले बढायो महँगी, अण्डाको पनि चुलियो, काठमाडौं सबैभन्दा सस्तो!

काठमाडौं। मूल्य बृद्धि दिनदिनै चुलिन थालेको छ। नेपाल राष्ट्र बैंकले बिहीबार चैतसम्मको विवरण सार्बजनिक गर्दै मूल्य बृद्धि बढ्न थालेको जनाएको छ।
 
गत बर्ष चैतमा ३.८ प्रतिशत रहेको मूल्य बृद्धि यसपालीको चैतमा ५.३ प्रतिशत पुगेको छ। खाद्यान्नको भाउ बढ्दा समग्र मूल्य बृद्धि उकालो लागेको राष्ट्र बैंकले उल्लेख गरेको छ।
 
खाद्यान्नको भाउ ०.७ प्रतिशतबाट बढेर बृद्धि दर ४.७ प्रतिशत पुगेको छ। तरकारी, फलफुल र दुग्धजन्य तथा अन्डाको भाउ बढेको राष्ट्र बैंकले जनाएको छ। खाद्यान्न बाहेकको मूल्य बृद्धि भने ६.३ प्रतिशतबाट बृद्धि दर ५.८ प्रतिशतमा झरेको छ।
 
मूल्य बृद्धि हिमालमा ७ प्रतिशत, पहाडमा ६, तराईमा ५.७ प्रतिशत र काठमाडौंमा ४.३ प्रतिशतले बढेको छ।
 

Tata
GBIME
Nepal Life