BIZMANDU
www.bizmandu.com

सातामै निक्षेप २५ अर्बले बढ्यो, बैशाखसम्म निक्षेप २०६ अर्बले बृद्धि हुँदा ऋण विस्तार २८८ अर्ब

२०७५ जेठ २

सातामै निक्षेप २५ अर्बले बढ्यो, बैशाखसम्म निक्षेप २०६ अर्बले बृद्धि हुँदा ऋण विस्तार २८८ अर्ब
सातामै निक्षेप २५ अर्बले बढ्यो, बैशाखसम्म निक्षेप २०६ अर्बले बृद्धि हुँदा ऋण विस्तार २८८ अर्ब

काठमाडौं। बैशाख लागेपछि बाणिज्य बैंकहरुको निक्षेपमा सुधार देखिन थालेको छ। बैशाखभरी मात्रै २५ अर्बले निक्षेप बढेर २२ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ।
 
निक्षेप बृद्धिसँगै बैंकहरुले ऋण लगानी पनि त्यही अनुपातमा बढाएका छन्। बैशाखमा मात्रै २१ अर्बले ऋण बिस्तार भएर २० अर्ब २३ अर्ब रुपैयाँ पुगेको छ। 
 
सरकारी विकास खर्च बिस्तारै बढ्न थालेकाले निक्षेपमा सुधार देखिएको बैंकरहरुको धारणा छ। 
 
गत साउनदेखि बैशाख अन्तिम सातासम्म निक्षेप २०६ अर्बले बढेको छ। जबकी ऋण लगानी २८८ अर्बले बढेको छ। आर्थिक बर्ष सुरुवातदेखि नै निक्षेप र कर्जाबीचको सन्तुलन निमल्दा ऋण दिन योग्य पूँजीको अभाव हुँदा ब्याज दर उच्च दरले बढेको हो।
 
बैंकरका अनुसार जेठ लागेसँगै निक्षेपमा अझ सुधार हुने छ। विकास निर्माण धमाधम हुने र त्यसको भुक्तानी पनि आउने भएकाले निक्षेपमा सुधार हुने उनीहरुको तर्क छ। गत बर्ष पनि बैशाख जेठ र असारमा तरलता बढेको थियो। यही आधारमा बैंकहरुले ऋण उच्च दरले बढाएका थिए।

Tata
GBIME
Nepal Life