BIZMANDU
www.bizmandu.com

गरिमा बैंकको नयाँ प्रडक्ट ‘गरिमा रेमिट’, चाँडै भिसा डेबिट कार्ड पनि प्रयोगमा ल्याउने

२०७५ जेठ १

गरिमा बैंकको नयाँ प्रडक्ट ‘गरिमा रेमिट’, चाँडै भिसा डेबिट कार्ड पनि प्रयोगमा ल्याउने
गरिमा बैंकको नयाँ प्रडक्ट ‘गरिमा रेमिट’, चाँडै भिसा डेबिट कार्ड पनि प्रयोगमा ल्याउने

काठमाडौं। गरिमा विकास बैंकले ‘गरिमा रेमिट’ सेवा सञ्चालनमा ल्याएको छ। बैंकका सञ्चालक डा. आनन्दप्रसाद श्रेष्ठले गरिमा रेमिटको उद्घाटन गरेका छन्। कार्यक्रममा बोल्दै सञ्चालक श्रेष्ठले विकास बैंकले ग्राहकहरुलाई प्रदान गर्ने सेवाहरुमा विविधीकरण गर्दै जाने क्रममा रेमिट सेवा सुरु गरेको बताए। 


 
बैंकका प्रमूख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बर्तमान प्रतिश्पर्धात्मक वातावरण, सेवाको विविधीकरण तथा ग्राहकहरुको आवश्यकतालाई ध्यान दिँदै रेमिटेन्स प्रोडक्ट सञ्चालनमा ल्याएको बताए। ढकालले बैंकले छिट्टै विदेशी मुद्रा विनिमय सम्बन्धि कार्य गर्ने तथा भिसा डेविट कार्ड समेत सञ्चालनमा ल्याईने जानकारी दिए। 
 

Tata
GBIME
Nepal Life