BIZMANDU
www.bizmandu.com

मुक्तिनाथ विकास बैंकको सिइओ बने प्रद्युमन पोखरेल, बीर अस्पताललाई बैंकको सहयोग

२०७५ जेठ १

मुक्तिनाथ विकास बैंकको सिइओ बने प्रद्युमन पोखरेल, बीर अस्पताललाई बैंकको सहयोग
मुक्तिनाथ विकास बैंकको सिइओ बने प्रद्युमन पोखरेल, बीर अस्पताललाई बैंकको सहयोग

काठमाडौं। मुक्तिनाथ विकास बैंकको  प्रमुख कार्यकारी अधिकृतका रुपमा प्रद्युमन पोखरेल चयन भएका छन्। यसअघि बैंकका नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत पोखरेललाई संचालक समितिको निर्णय अनुसार प्रमुख कार्यकारी अधिकृत चुनिएको प्रेस बिज्ञप्तीमार्फत जनाएको छ।

Tata
GBIME
Nepal Life

पोखरेलको बैंकिङ्ग क्षेत्रमा करिव २८ वर्षको अनुभव रहेको बताइएको छ। पोखरेललाई बैंकको संचालक समितिका अध्यक्ष खिमप्रकाश मल्लले पद तथा गोपनियताको सपथ खुवाए।

पोखरेलले संस्थापक प्रमुख कार्यकारी अधिकृत  भरतराज ढकालको कार्यकाल समाप्त भएपश्चात बैंकको दोस्रो प्रमुख कार्यकारी अधिकृतका रुपमा पदभार ग्रहण गरेको बिज्ञप्तीमा उल्लेख छ।

बैंकले नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको पदस्थापन कार्यक्रमको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत वीर अस्पतालको सरसफाईको लागि १ लाख रुपैयाँ आर्थिक सहयोग समेत गरेको छ ।

उक्त सहयोग रकम धुर्मुश सुन्तली फाउन्डेसन मार्फत फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस) लाई बैंकका संचालक समितिका अध्यक्ष खिम प्रकाश मल्लले हस्तान्तरण गरेको बिज्ञप्तीमा जनाइएको छ।