BIZMANDU
www.bizmandu.com

एक वर्षमै भारतीय ब्राण्ड क्याफे कफी डेको नयाँ आउटलेट बसन्तपुरमा, नेपालभर चेन नेटवर्क बनाउने

२०७५ बैशाख ३१

काठमाडौं। भारतीय कफी ब्राण्ड 'क्याफे कफी डे' ले काठमाडौंको बसन्तपुरमा नयाँ आउटलेट खोलेको छ। एक करोडभन्दा बढी लगानीमा खुलेको नयाँ आउटलेटमा कफीका विभीन्न भेराइटीका साथै फाष्टफुड पनि उपलब्ध रहेको कम्पनीले प्रेस बिज्ञप्तीमार्फत जनाएको छ।
 

Tata
GBIME
Nepal Life

एक वर्षअघि स्ताभ्या इन्टरनेशनलले क्याफे कफी डे को पहिलो आउटलेट कुमारीपाटीमा खोलेको थियो। नयाँ आउटलेट विश्वबैंकका नेपाल प्रतिनिधि रशिद रियानबाट उद्घाटन गरिएको बिज्ञप्तीमा उल्लेख छ।
 
स्ताभ्या इन्टरनेशनलका प्रमुख रवि टिबडेवालले भने,' हामीले नेपालमा बढ्दै गएको कफी कल्चरलाई लक्षित गर्दै भविष्यमा नेपालकै सबैभन्दा ठूलो कफी चेन नेटवर्क स्थापित गर्ने उद्धेश्य लिएका छौँ।'
 
उनका अनुसार कम्पनीले उपत्यकाभित्र दरबारमार्ग र बानेश्वरमा थप आउटलेट खोल्ने तयारीमा छ। यसैगरी उपत्यका बाहिर पोखरा, चितवन, बुटवल, धरान, विराटनगर लगायतका जिल्लामा थप नयाँ आउटलेट खोल्ने कम्पनीको योजना छ। 
 
संसारभर क्याफे कफी डे को  १७ सयभन्दा बढी आउटलेट रहेको कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार क्याफे कफी डे का आउटलेटहरु भारतको मुख्य शहरका साथै मलेशिया, सिंगापुर, थाइल्याण्ड, युरोप, अफ्रिका, अमेरिका लगायतका देशहरुमा छन्।