BIZMANDU
www.bizmandu.com

एसएमइमा एक खर्ब रुपैयाँ ऋण पुर्याउने गरी नबिल बैंकले खोल्यो एसएमइ हब, ११.५% ब्याजमा ऋण

२०७५ बैशाख २३

एसएमइमा एक खर्ब रुपैयाँ ऋण पुर्याउने गरी नबिल बैंकले खोल्यो एसएमइ हब, ११.५% ब्याजमा ऋण
एसएमइमा एक खर्ब रुपैयाँ ऋण पुर्याउने गरी नबिल बैंकले खोल्यो एसएमइ हब, ११.५% ब्याजमा ऋण

काठमाडौं। नबिल बैंकले साना लघु, साना तथा मझौला ब्यवसायको क्षेत्रमा लगानी बिस्तार गर्नका लागि छुट्टै एसएमइ हव खोलेको छ। त्रिपुरेश्वरको युडब्लुटिसी कम्प्लेक्समा बैंकले लगानी बिस्तारका लागि हब खोलेको हो। 


 
युकेएड सक्षमसँगको सहकार्यमा बैंकको मिड–कर्पोरेट एण्ड एसएमई हब खोलेको हो। बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले हबको उद्घाटन गरेका छन्। 
 
हबले मिड–कर्पोरेट तथा साना तथा मझौला प्रकृतीका ब्यापार, उत्पादन र सेवाको काममा संलग्न व्यावसायिहरुलार्ई ऋण प्रदान गर्ने कामु प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बताए। हबले नबिल बैंकका देशभरीका विभिन्न शाखाहरुमा हुने प्रत्यक्ष तथा अप्रत्यक्ष लघुवित्त सम्बन्धि क्रियाकलापहरुलाई समेत हेर्ने छ।
 
मिड–कर्पोरेटले एउटा इकाई तथा समुहलाई तीन करोडदेखी दश करोड रुपयाँसम्मको कर्जा प्रवाह गर्ने छ। एसएमइले तीन करोड रुपयाँ सम्मको कर्जा प्रवाह गर्दछ भने लघुवित्तले कुनै ब्यक्ति तथा इकाईलाई प्रत्यक्षरुपमा प्रदान गर्ने कर्जालाई समेट्छ। त्यसैगरी होलसेल कर्जाले एमएफआई र सहकारी लगायत माइक्रोफाइनान्समा गरिने शेयर लगानीलाई समेत समेट्छ।
 
नबिल बैंक तथा युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्राम (सक्षम) ले लघु तथा साना र मझौला ब्यवसायको क्षेत्रमा वित्तिय पहुँचलाई विस्तार गर्नको लागि हातेमालो गरेका हुन्। देशमा सञ्चालित लघु, साना र मझौला ब्यवसायमा गरिने लगानीमा पहुँच बढाउने उद्देशले एक विशेष एसएमई कर्जा ईकाई स्थापना गरेर ग्रामिण भेगमा लघु, साना तथा मझौला ब्यवसायमा लगानी गरी त्यस क्षेत्रको प्रबर्द्धनको लागि नबिल बैंकले सक्षमसँग मिलेर काम गर्ने शाहले बताए। यही लक्ष्य प्राप्तिको लागि हबको उद्घाटनको समयमा नबिल बैंक र सक्षमका विचमा सम्झौतासमेत भएको छ। 
 
अहिले बैंकले एसएमई तथा मिड–कर्पोरेट कर्जा २५ अर्ब रुपैयाँ लगानी गरिसकेको छ। यसलाई एक खर्ब रुपैयाँ पुर्याउने तयारी रहेको शाहले बताए।
 
नयाँ ब्यवसाय वा कायम रहेका साना तथा मध्यम स्तरका ब्यापारिक, उत्पादनमुलक तथा सेवामुलक ब्यवसायलाई सहयोग प्रदान गर्ने उद्देश्य बैंकले फास्ट ट्र्याक कर्जा ल्याएको छ। बैंक एक बर्षसम्म ब्याज नबढ्ने गरी यो कर्जा सुरु गरेको हो। यसको ब्याज ११.५० प्रतिशत छ। पाँच दिनभित्र ऋण उपलब्ध हुने छ भने कर्जा रकमको सिमा पाँच लाखदेखि तीन करोड रुपयाँसम्म छ। 

Tata
GBIME
Nepal Life