BIZMANDU
www.bizmandu.com

नेपाली नम्बर प्लेटका बुलेट कुदाउन भारतीय सहयोग खोज्यो नेपालले, ऐनलाई देखाएर तर्किँदै भारत

२०७५ बैशाख १२

नेपाली नम्बर प्लेटका बुलेट कुदाउन भारतीय सहयोग खोज्यो नेपालले, ऐनलाई देखाएर तर्किँदै भारत
नेपाली नम्बर प्लेटका बुलेट कुदाउन भारतीय सहयोग खोज्यो नेपालले, ऐनलाई देखाएर तर्किँदै भारत

काठमाडौं। नेपाल र भारतका बीचमा रहेका व्यापारिक उल्झनहरु समाधानका लागि अन्तर सरकारी कमिटी (आइजिसी) को बैठक बिहिबार र शुक्रबार काठमाडौमा बस्दैछ। त्यसको तयारीका लागि अहिले सहसचिवस्तरीय छलफल चलिरहेको छ।


 
तयारी छलफलमा नेपालले उठाएका अधिकांश व्यापारिक मुद्दाहरुमाथि भारत सकारात्मक रहेको वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर शैजुले जानकारी दिए। आइजिएसी बैठकमा नेपालका तर्फबाट वाणिज्य सहसचिव रविशंकर सैजु र भारतीय वाणिज्य सहसचिव भुपेन्द्रसिंह भल्ला सहभागी छन्।
 
वाणिज्य सहसचिव सैजुका अनुसार,  नेपाली नम्वर प्लेटको बुलेट ट्याङकर चलाउन पाउनुपर्ने विषय नेपालले उठाएको थियो। यो विषयमा भारतीय पक्ष सकारात्मक देखिएको छ। 
 
सरकारले गत आर्थिक बर्षको बजेटमा नेपाली नम्वर प्लेटका वुलेट खरिद गर्नेलार्इ दुर्इ तिहार्इ भन्सार छुट दिने निर्णय गरेको थियो। नेपाल आयल निगमले अहिलेसम्म ७ सय ७५ नेपाली नम्वर प्लेटका वुलेट  खरिद गर्नका लागि स्विकृति दिर्इसकेको छ भने ५६ वटा वुलेट तयार भएर भारतीय स्विकृति पर्खिरहेका छन्। 
 
सहसचिव सैजुका अनुसार नेपाली वुलेट सञ्चालन गर्ने विषयलार्इ माइनुटिङ गरेर भोलीदेखि सुरु हुने आइजिसी बैठकमा पेश गरिने बताए। भारत सरकारको ऐन नै संशोधन गर्नुपर्ने भएकाले यसका लागि केहि समय लाग्न सक्ने भारतीय पक्षको तर्क छ। तर, यो विषयमा उनीहरु सकारात्मक देखिएको उनको भनार्इ छ।
 

Tata
GBIME
Nepal Life