BIZMANDU
www.bizmandu.com

आइएमइ जनरल इन्स्योरेन्सबाट बीमा गरेकालाई मेडिसिटी अस्पतालमा उपचार गर्न नगद नपर्ने

२०७५ बैशाख १२

आइएमइ जनरल इन्स्योरेन्सबाट बीमा गरेकालाई मेडिसिटी अस्पतालमा उपचार गर्न नगद नपर्ने
आइएमइ जनरल इन्स्योरेन्सबाट बीमा गरेकालाई मेडिसिटी अस्पतालमा उपचार गर्न नगद नपर्ने

काठमाडौं। आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा गरेका ग्राहकले नेपाल मेडिसिटी हस्पिटलबाट नगदको कारोबार नगरी उपचार गर्न पाउने भएका छन्। दुबै संस्थाबीच नगद रहित हस्पिटलाईजेसन सेवाका लागि सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र मेडिसिटीका महाप्रबन्धक विजय रिमालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

श्रेष्ठले मेडिसिटी हस्पिटलसँगको सहकार्यले ग्राहकलाई उपचारका लागि नगदको आवश्यकता नपर्ने बताए। अस्पतालले बीमालेख बराबरको रकममा नगद माग्दैन।

सम्झौता कार्यक्रममा हस्पिटलका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयाराम र आईएमई जनरल इन्स्योरेन्सका महाप्रबन्धक पवन थापा पनि उपस्थित थिए।