BIZMANDU
www.bizmandu.com

दुईमध्ये एक पाटे बाघ हटाईएकाे नयाँ ५०० रुपैयाँको नोट यस्तो छ, कसरी छुट्याउने सक्कली/नक्कली?

२०७५ बैशाख १२

दुईमध्ये एक पाटे बाघ हटाईएकाे नयाँ ५०० रुपैयाँको नोट यस्तो छ, कसरी छुट्याउने सक्कली/नक्कली?
दुईमध्ये एक पाटे बाघ हटाईएकाे नयाँ ५०० रुपैयाँको नोट यस्तो छ, कसरी छुट्याउने सक्कली/नक्कली?

काठमाडौं। नेपाल राष्ट्र बैंकले नयाँ डिजाइनको ५०० रुपैयाँ दरका नोट चलनचल्तीमा ल्याएको छ। बुधबारबाट चल्तीमा ल्याइएको नयाँ नोटबाट एउटा बाघ गायव पारिएको छ। नयाँ नोटमा एउटा बाघ मात्र राखिएको छ।

Tata
GBIME
Nepal Life

नोटको अगाडिको भागमा बायाँतर्फ सगरमाथा हिमालको चित्र हुने छ। नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप छ भने नोटको तल्लो भागमा गभर्नर डा. चिरंजीबि नेपालको दस्तखत छ। नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर नेपालीमा बिक्रम सम्बत २०७३ लेखिएको छ। ३.५ मिलिमिटर चौडा भएको र  रंग परिवर्तन हुने (नोटलाई सिधा हेर्दा रातो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने) सुरक्षण धागो राखिएको छ।

यसैगरी सगरमाथा हिमालको दायाँतर्फको तल्लो भागमा रहेको अण्डाकारभित्र रंग परिवर्तन हुने (नोटलाई सिधा हेर्दा सुनौलो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने) कुबेरको चित्र राखिएको छ। साथै लालीगुराँसको पानी छापको बायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन) हरुले छापेर नोट पहिचान गर्न सक्ने गरी दुईवटा कालो थोप्ला पनि राखिएको छ।

नोटको अर्कोपट्टी माथिल्लो भागमा अंग्रजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ भने बीच भागमा एउटा पाटेबाघको चित्र राखिएको छ। नोटको तल्लो भागमा अंग्रेजीमा रुपिज फाइभ हन्ड्रेड लेखिएको छ। नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर अंग्रेजीमा २०१६ एडी लेखिएको छ।