BIZMANDU
www.bizmandu.com

१५ हजार रुपैयाँले बढ्यो नेपालीको आय, प्रति ब्यक्ति आम्दानी १००४ डलर, रेमिटेन्सको हिस्सा घट्दै

२०७५ बैशाख १२

काठमाडौं। गत बर्ष १०५ डलरले बढेर ८६२ अमेरिकी डलर पुगेको नेपालीहरुको प्रति ब्यक्ति आम्दानीमा यसपाली थप सुधार आएको छ। केन्द्रीय तथ्यांक विभागले प्रति ब्यक्ति आय १००४ अमेरिकी डलर पुगेको विवरण सार्बजनिक गरेको छ।

Tata
GBIME
Nepal Life

भुकम्प र नाकाबन्दीका कारण अघिल्लो आर्थिक बर्ष नेपालीहरुको प्रतिब्यक्ति आम्दानी घटेको थियो। नेपाली रुपैयाँमा परिवर्तन गर्दा एक बर्षमा एक नेपालीको बार्षिक आम्दानी १५ हजार रुपैयाँले बढेको हो।

जिडिपीमा रेमिटेन्सको हिस्सा क्रमश घट्दै गएको विभागले जनाएको छ। गत बर्ष २६.३२ प्रतिशत रहेको हिस्सा यसपाली २४.५२ प्रतिशत पुगेको छ। परार अझ बढि २९.५२ प्रतिशत थियो।