BIZMANDU
www.bizmandu.com

पोहोर जति पनि थपिएन बिजुली, आर्थिक बृद्धि घट्ने बिजुली पनि बन्यो कारण, ८२ मेगावाट थपिने

२०७५ बैशाख १२

काठमाडौं। चालु आर्थिक बर्षको आर्थिक बृद्धि दर ५.८९ प्रतिशत पुग्ने अनुमान सार्बजनिक भइरहेका बेला राष्ट्रिय प्रशारण लाइनमा भने पोहोर जति बिजुली पनि नजोडिने भएको छ।

Tata
GBIME
Nepal Life

यसपाली अर्थतन्त्रको आकार ३० खर्ब रुपैयाँ नाघ्दै गर्दा प्रशारण लाइनमा ८२ मेगावाट मात्र बिजुली थपिने केन्द्रीय तथ्यांक विभागले जनाएको छ।

गत बर्ष ११८ मेगावट बिजुली थपिएको थियो।