BIZMANDU
www.bizmandu.com

अर्थमन्त्रीको चाहना: सस्तो लोकप्रियता हैन उपलब्धीमूलक कार्यक्रम, बजेटका लागि मन्त्रालयगत छलफल

२०७५ बैशाख १२

अर्थमन्त्रीको चाहना: सस्तो लोकप्रियता हैन उपलब्धीमूलक कार्यक्रम, बजेटका लागि मन्त्रालयगत छलफल
अर्थमन्त्रीको चाहना: सस्तो लोकप्रियता हैन उपलब्धीमूलक कार्यक्रम, बजेटका लागि मन्त्रालयगत छलफल

काठमाडौं। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेट निर्माणलाई तीव्रता दिन थालेको छ। मन्त्रालयगत कार्यक्रम छलफल गरी त्यसलाई अन्तिम रुप दिन थालिएको हो।

Tata
GBIME
Nepal Life


 

अर्थमन्त्री डा युवराज खतिवडाले विषयगत मन्त्रालयका मन्त्रीहरुलाई बोलाएर छलफललाई अन्तिम रुप दिइरहेका छन्। 'अहिले दैनिक दुईदेखि तीनवटा मन्त्रालयहरुको बजेट छलफल चलिरहेको छ,' अर्थका उपसचिव होमकान्त भण्डारीले भने।
 
भण्डारीका अनुसार अर्थमन्त्री आफैंले प्रत्येक मन्त्रालयले प्रस्तुत गरेको बजेटका विषयमा कार्यक्रमगत रुपमा नै चासो दिएर छलफल गरिरहेका छन्। 'प्रत्येक मन्त्रालयले माग गरेको बजेट र त्यसले भविष्यमा अर्थतन्त्रमा कस्तो प्रभाव पार्न सक्छ र बजेटमा समावेश गर्दा के उपलब्धी हासिल हुन्छ भनेर कार्यक्रमगत रुपमा विश्लेषण भइरहेको छ,' भण्डारीले भने। 
 
अर्थमन्त्री खतिवडाले सस्तो लोकप्रियता कमाउने भन्दा पनि उपलब्धीमूलक कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्। त्यसैअनुसार मन्त्रालयका कार्यक्रमहरुको शुक्ष्म रुपमा अध्ययन भइरहेको छ।