BIZMANDU
www.bizmandu.com

नेपाल राष्ट्र बैंकको वित्तीय साक्षरता अभियान, जनकपुर कार्यालयले प्रभातफेरी गर्यो

२०७५ बैशाख १२

काठमाडौं। नेपाल राष्ट्र बैंकको जनकपुर स्थित कार्यालयले ६३ औं बार्षिकोत्सवको उपलक्ष्यमा प्रभातफेरी आयोजना गरेको छ।

Tata
GBIME
Nepal Life

जनकपुरमा आयोजना भएको प्रभातफेरीमा जनचेतना जगाउने प्ले कार्डहरु बोकेर कर्मचारीहरुले नगर परिक्रमा गरेको प्रेस बिज्ञप्ती मार्फत जनाएको छ।

समृद्धिका लागि बचत गरौं, वित्तीय शिक्षा हासिल गरौं, कर्जा सदुपयोग गरौं, कृषिमा कर्जाको उपभोग गरौं, विदेशको कमाइलार्इ आर्थिक विकासमा लगाऔं, बैंकसँगको नाता हरेक नेपालीको बैंक खाता, पैसाको जतन बैंकमा हुन्छ, उद्यमशिलताको साथी बैंक लगायतका नारा लेखिएका प्लेकार्ड बोकिएको थियो।  

बैंकले वार्षिकोत्सवको अवसरमा अन्य विभिन्न कार्यक्रमहरु पनि आयोजना गरेको जनाएको छ।