BIZMANDU
www.bizmandu.com

नेपाल सेवा लघुवित्तको आइपिओ आजबाट खुल्यो, एक लाख ८० हजार कित्ता आइपिओ निष्काशन

२०७५ बैशाख १२

काठमाडौं। नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले आजदेखि एक लाख ८० हजार कित्ता प्राथमिक शेयर निष्काशन खुला गरेको छ। संस्थाले प्रति शेयर १०० रुपैयाँको दरमा एक लाख ६७ हजार कित्ता शेयर सर्वसधारणको लागि छिटोमा बैंशाख १६ गतेसम्म निष्काशन गर्ने छ।

Tata
GBIME
Nepal Life

संस्थाले तीन हजार ६०० कित्ता कर्मचारी र ९ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्टाएको छ। आवेदकले न्युनतम ५० कित्ता र अधिकतम ९ सय कित्ताको लागि फारम भर्न पाउने बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ।

आवेदकले धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सि-आस्वा सुविधा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाउँछन्।

आइपिओ निष्काशनपछि संस्थापक शेयरधनीको अनुपात ७० प्रतिशत अर्थात ४ करोड २० लाख रुपैयाँ र सर्वसाधारण शेयरधनीको ३० प्रतिशत अर्थात एक करोड ८० लाख रुपैयाँ कायम हुनेछ। संस्थाको अधिकृत पूँजी १० करोड रुपैयाँ र जारी पूँजी ६ करोड रुपैयाँ रहेको छ।

नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजत प्राप्त संस्थाको कार्यक्षेत्र सिन्धुपाल्चोक, नुवाकोट र रसुवा रहेका छन्। हाल ८ वटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।