BIZMANDU
www.bizmandu.com

एनएमबी माइक्रोफाइनान्सको सिइओमा फनिलाल चौधरी, राष्ट्र बैंकका क्याडरसँग २६ बर्षको अनुभव

२०७५ बैशाख ११

एनएमबी माइक्रोफाइनान्सको सिइओमा फनिलाल चौधरी, राष्ट्र बैंकका क्याडरसँग २६ बर्षको अनुभव
एनएमबी माइक्रोफाइनान्सको सिइओमा फनिलाल चौधरी, राष्ट्र बैंकका क्याडरसँग २६ बर्षको अनुभव

काठमाडौं। एनएमबी माइक्रो फाइनान्स वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा फनिलाल चौधरी नियुक्त भएका छन्। नेपाल राष्ट्र बैंकका क्याडर चौधरीसँग पूर्वाञ्चल ग्रामीण बिकास बैंक (हालको नेपाल ग्रामीण बिकास बैंक), नेरुडे लघुवित्त बिकास बैंक हुँदै मेरो माइक्रोफाइनान्स वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृतमा काम गरेको अनुभव छ।


 
उनले बैंकिङ क्षेत्रमा २६ वर्ष बिताएका छन्। प्लान नेपाल, यूएनडिपी, केयर नेपाललगायतका विभिन्न अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाहरुमा समेत चौधरीले काम गरिसकेका छन्। चौधरी पछिल्लो समय उन्नति वित्तीय पहुँच परियोजनामा कार्यरत थिए। 
 
उनले वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारी, सरोकारवालाहरुका साथै वित्तीय संस्थाका सदस्यहरुलाई विभिन्न किसिमका तालिमहरु प्रदान गर्दै आएको र राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा तालिम, गोष्ठी तथा सेमिनारहरुमा पनि भागलिई अनुभवप्राप्त गरेको विज्ञप्तिमा उल्लेख छ। 
 

Tata
GBIME
Nepal Life