BIZMANDU
www.bizmandu.com

डा. पुष्पराज कँडेल बने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, चुनिएका ६ सदस्यहरु यस्ता छन्

२०७५ बैशाख ११

काठमाडौं: सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पुष्पराज कँडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले योजना आयोगको उपाध्यक्षमा एमाले लेखा आयोगका अध्यक्ष समेत रहेका कँडेललाई नियुक्त गर्ने निर्णय गरेको हो। 

Tata
GBIME
Nepal Life

कँडेल व्यवस्थापनका प्राध्यापक हुन्। उनले ३० बर्षभन्दा लामो समय अध्यापन गराएका छन्। उनी एमालेको केन्द्रिय लेखा आयोगका संयोजकसमेत हुन्।

बैठकले आयोगको रिक्त रहेको सदस्य पदमा कृष्णप्रसाद ओली, उषा झा, दिलबहादुर गुरुङ, सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुयाँललाई नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।