BIZMANDU
www.bizmandu.com

इक्यान अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित, महासचिवमा भट्टराई, इक्यानमा बहुमत पाण्डे पक्षकै

२०७५ बैशाख ९

काठमाडौँ।नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनमा सरोजकुमार बस्नेतलाई १२ मतको अन्तरले पराजित गर्दै पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन्। महासचिवमा पाण्डे प्यानलका शेषराज भट्टराई विजयी भए।

Tata
GBIME
Nepal Life


तस्वीरः इक्यान सचिवालय

नवनिर्वाचित अध्यक्ष पाण्डेले १७७ मत ल्याए। निकटतम प्रतिस्पर्धी बस्नेतले १६५ मत पाए। निर्वाचनमा मताधिकार रहेका ३७७ मध्ये ३४३ मत खसेको थियो।

यस्तै, तीनजना उपाध्यक्षमा महेशबाबु तिमिल्सिना, राजेन्द्र रिजाल र देवीदास भट्टराई निर्वाचित भएका छन्।  तिमिल्सिना र रिजाल बस्नेत प्यानल र भट्टराई पाण्डे प्यानलका हुन्। यस्तै महासचिवमा ६६ मतको अन्तरसहित शेषराज भट्टराई निर्वाचित भए। पाण्डे समूहका उम्मेदवार भट्टराईले २०३ मत पाएका छन्।

यस्तै, सचिवमा दुबै प्यानलबाट एक एक जना निर्वाचित भए। पाण्डे प्यानलका दीपकराज भुसाल र बस्नेत प्यानलका विक्रम केसी सचिवमा विजयी भएका हुन्।  कोषाध्यक्ष र सह–कोषाध्यक्ष दुबैमा पाण्डे प्यानलका उम्मेदवार विजयी भएका छन्। कोषाध्यक्षमा गोविन्द अधिकारी तथा सह–कोषाध्यक्षमा निरुपमा महर्जन विजयी भएका छन्। 

सदस्यहरुमा वासुदेव दाहाल, कर्णबहादुर गुरुङ, शुष्मा आचार्य, सुदन चौहान, बालकृष्ण श्रेष्ठ, प्रकाश श्रेष्ठ, यज्ञविलास पौडेल, सुनीता श्रेष्ठ र प्रशान्त शाह विजयी भए। ९ सदस्यमा सात सदस्य पाण्डे समूहका हुन्।