तीनै तहको निर्वाचनसँगै राजनीतिक स्थिरता आउने अपेक्षासहित लगानी दोब्बर भएको हो।गतवर्ष सबैभन्दा धेरै उर्जा क्षेत्रमा लगानी प्रतिवद्धता आएको छ।गत वर्ष ३४ जलविद्युत आयोजनामा १ खर्ब ८२ अर्बको लगानी प्रतिवद्धता आएको छ।अघिल्लो वर्ष १७ जलविद्युत आयोजनामा ८५ अर्ब मात्रै लगानी प्रतिवद्धता आएको थियो।
अघिल्लो वर्षको भन्दा पाँच अर्ब रुपैयाँले लगानी प्रतिवद्धता बढेको हो।निर्माण क्षेत्रमा गत वर्ष ५ अर्ब ४२ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको छ।अघिल्लो वर्ष एक अर्ब रुपैयाँको मात्रै लगानी प्रतिवद्धता आएको थियो।खनिज उद्योगमा पनि अघिल्लो वर्ष भन्दा २ अर्त्र रुपैयाँ लगानी बढी आएको छ।गत वर्ष २ अर्ब २३ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको छ।
अघिल्लो वर्ष ७ करोड रुपैयाँ मात्रै लगानी प्रतिवद्धता आएको थियो।पर्यटन क्षेत्रमा ठूलो लगानी भित्रिएन।गत वर्ष १५ अर्ब ३४ करोड रुपैयाँ बराबरको लगानी भित्रिएको छ।अघिल्लो वर्ष १३ अर्ब ८६ करोड रुपैयाँ बराबरको लगानी पर्यटन क्षेत्रमा भित्रिएको थियो।
सेवा उद्योगको समेत हालत उस्तै छ।गत वर्ष सेवा क्षेत्रका १ सय २५ उद्योगमा ७ अर्ब १५ करोड रुपैयाँ लगानी आएको छ।अघिल्लो वर्ष १ सय ६७ उद्योगमा १८ अर्ब ३५ करोड रुपैयाँ सेवा क्षेत्रमा लगानी आएको थियो।यो अघिल्लो वर्ष भन्दा १० अर्ब रुपैयाँले कम हो।
यो वर्ष रोजगारी भने ६ हजारले बढी पाउने गरि लगानी आएको छ।गत वर्ष लगानी भित्रिएका उद्योगले २९ हजार ८ सय ६५ जनाले रोजगारी पाउने दाबी गरिएको छ।तर अघिल्लो वर्ष २३ हजार २ सय ७ जनाले रोजगारी पाउने गरि उद्योग दर्ता भएका थिए।