BIZMANDU
www.bizmandu.com

३१ लाखको हुण्डार्इ गाडी उपहार पाउने यी हुन भाग्यमानी, १० जनालार्इ दुबर्इ भ्रमणको उपहार

२०७५ बैशाख ६

३१ लाखको हुण्डार्इ गाडी उपहार पाउने यी हुन भाग्यमानी, १० जनालार्इ दुबर्इ भ्रमणको उपहार
३१ लाखको हुण्डार्इ गाडी उपहार पाउने यी हुन भाग्यमानी, १० जनालार्इ दुबर्इ भ्रमणको उपहार

काठमाडौं।हुण्डार्इको गाडी किन्ने सुशनप्रसाद अधिकारी र कन्कार्इ आयल सप्लायर्सका पवनदेव पन्तले वम्पर उपहार पाएका छन्।

Tata
GBIME
Nepal Life

अधिकारीले ३१ लाख रुपैयाँ पर्ने आइ -२० म्याग्ना र पन्तले ३१ लाख रुपैयाँ पर्ने एक्ससेन्ट एस गाडी पाएका छन्।अधिकारीले हुण्डार्इको इलाइट आइ -२० आस्ता गाडी किनेका थिए भने कन्कार्इले क्रेटा किनेको थियो।हुण्डार्इको नेपालको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैंतिहारको अवसरमा ल्याएको योजना अन्तर्गत यो पुरस्कार पाएका हुन्।

कम्पनीले विहिबार अधिकार र कन्कार्इसँगै अरु विजेतालार्इ समेत पुरस्कार हस्तान्तरण गरिएको थियो।लक्ष्मी समूहका अध्यक्ष अध्यक्ष गणेशबहादुर श्रेष्ठ,कन्जुमर आर्इ नेपालकी अध्यक्ष विमला खनाल, मिस नेपाल श्रृंखला खतिवडा र हुण्डार्इ मिस फ्रेण्डसीप सायरा लामाले पुरस्कार हस्तान्तरण गरे।योजना अनुसार १० जनाले दुबर्इ भ्रमणको पुरस्कार पाएका थिए।