BIZMANDU
www.bizmandu.com

मयुर यातायातले अर्को सातादेखि थानकोटदेखि धुलिखेलसम्म बस चलाउने, यस्ता छन् बसमा सुविधा

२०७५ बैशाख ६

काठमाडौं।मयुर यातायातले अर्को सातादेखि थानकोटदेखि धुलिखेलसम्म बस संचालन गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

चैत १ गतेदेखि चक्रपथ परिक्रमा गरेर वनेपामा सम्म सेवा सुरु गरेपछि चर्चामा आएको मयुरले २० वटा बसमार्फत थानकोट-धुलिखेलसम्म सेवा दिनेछ।कम्पनीले थानकोटबाट कंलकी-कालीमाटी-रत्नपार्क-माइतीघर-बानेश्वर-कोटेश्वर हुँदै धुलिखेल सम्म बस संचालन गर्न रुट अनुमति पाइसकेको छ।’१२ वटा नयाँ बस हाम्रो कार्यालयमा आइसकेको छ।८ वटा बस भोलीसम्म काठमाडौं आइपुग्छ’कम्पनीका अध्यक्ष मोहनबहादुर श्रेष्ठले भने,हामी अर्को साताबाट थानकोट रुटमा बस संचालन गर्नेछौं।

थानकोट रुटमा राम्रा सार्वजनिक यातायात छैन।थानकोट रुटमा बस थोत्रा र साना माइक्रो पर्याप्त नभएको देखेपछि कम्पनीले यो रुटमा बस संचालनमा ल्याउन लागेको हो।मयुरका बसहरु सुविधासम्पन्नसँगै आरामदायी पनि छन् । ४२  आरामदायी सीट भएको बस फराकिलो र समाउनका लागि ह्याङगर स्ट्रयाम्प जडित भएकाले उभिएरै पनि सहज यात्रा गर्न सकिन्छ।

बसमा जिपिएस ट्रयाकिङ सिस्टम जडान गरिएको छ।त्यस्तै बसमा यात्रुहरुको मनोरञ्जनका लागि एलइडी टीभी राखिएको छ। बसको दुवैतिर सिसिटीभी क्यामेरा जडान गरिएको छ।जसबाट गाडीभित्र हुन सक्ने महिला हिंसा,चोरी लगायतका गतिविधी न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।बसमा दुवैतिर डिस्प्ले वोर्ड राखिएको छ जसमा ट्रयाकिङ सिस्टमले बस कहाँ पुग्यो भनेर  जानकारी दिन्छ। वीचमा फराकिलो ढोका राखिएको छ जसले यात्रुलार्इ  चढ्न र ओर्लनका लागि सहयोग पुग्छ।