BIZMANDU
www.bizmandu.com

अमेरिकाको डिभी छाडेर स्वदेशमै उद्यम गरेका भारती, भाडा माँझेर पाँचतारे होटलको सेफ


अमेरिकाको डिभी छाडेर स्वदेशमै उद्यम गरेका भारती, भाडा माँझेर पाँचतारे होटलको सेफ
अमेरिकाको डिभी छाडेर स्वदेशमै उद्यम गरेका भारती, भाडा माँझेर पाँचतारे होटलको सेफ

Tata
GBIME
Nepal Life

काठमाडौं। १३ वर्षअघि सुन्धाराको गोश्वरा हुलाकबाट जनकराज भारतीलार्इ फोन आयो-‘तपार्इँलार्इ अमेरिकाको डाइभर्सिटी भिसा परेको छ। प्रोसेस अगाडि बढाउनुहोला। 

 
सपनाको देश अमेरिका जानका लागि बाटो खुला भएको खबर पाउँदा उनी उत्साहित भए। खबर पाउनेवित्तिकै श्रीमतीलार्इ खुशीको खबर सुनाए।
 
परिवारसहित डिभी भरेकाले सपरिवार जाने सुनौलो अवसर पनि थियो। तर अमेरिका जानका लागि अन्य प्रकृयालार्इ अगाडि बढाउन थाल्दै गर्दा भारतीको मन मोडियो। अमेरिका जाने सपना विस्तारै हट्न थाल्यो र स्वदेशमै केही व्यवसाय गर्नेतर्फ मन तानियो।


यो पनि पढ्नुस्: अंगुर, अंगुरको वाइनसहित पातलेवन रिसोर्ट
 
पोखरामा जन्मिएका भारती २०४३ सालमा आफन्त नरहरि अधिकारीको साथ लागेर काठमाडौं छिरे। अधिकारी कुपण्डोलस्थित होटल हिमालयमा काम गर्थे। अधिकारी आफन्त भएपनि काम सानैबाट सुरु गर्नुपर्ने अवस्था थियो। भारतीले होटल हिमालयमा काम पाए तर भाडा माँज्ने। 
 
‘सुरुवातमा धेरै कठिन परिश्रम गरियो। धेरै सघर्ष गर्नुपर्यो’ भारतीले विगत सम्झिदै भने, भर्खरकै छौं भाडा माँज्नुपर्छ भनेका पनि थिए।‘ 
 
भाडा माँज्ने काम गरेपनि अधिकारी भारतीलार्इ हौस्याउँदै भन्थे-तिमीले भान्छाको काम गर्नुपर्छ त्यसका लागि पढ्नुपर्छ। 
 
त्यसको दुर्इ वर्षपछि भारतीले नेपाल एकेडेमी अफ टुरिज्जम एण्ड होटल म्यानेजमेन्ट (न्याथममा) ६ महिनाको कुकिङ कोर्ष गरे। यो कोर्ष गरेपछि भारतीले पछाडि फर्किएर हेर्नुपरेको छैन। कुक तालिमपछि उनी किचनमा छिरे। किचनमा छिरेपछि उनी कुक हुँदै होटल हिमालयमा कमी सेफसम्म बने।


 
होटल हिमालयपछि भारतीले पोखराको फिस्टेल लजमा पेष्ट्री एण्ड बेकरी सेफ भएर काम गरे। भारतीको कामप्रति लगनशीलता देखेर अरु होटलहरुले पनि आँखा लगाए। त्यसपछि उनले सांग्रिलामा पेष्ट्री सेफ र रोयल सिंघीमा एक्जुकेटिभ सेफको रुपमा तीस वर्ष काम गरे।
अमेरिकाका लागि डिभी परेर पनि प्रकृया अगाडि नबढाएका भारतीको मनमा आफुले सिकेको कामलार्इ उद्यमको रुपमा विकास गर्ने योजना बनाएका छन्।
 
‘अमेरिका गएपनि त्यही भाडा माँज्ने कामबाट सुरु गर्नुपर्छ। मुलुकभित्र सिकेको सीप प्रयोग गर्न पाइँदैन,’भारतीले भने, मैले अमेरिका जाने योजना त्यागेर यही केही गर्ने निर्णय गरे। 
 
अमेरिका नजाने निर्णयसँगै साथीभार्इको समूह बनाएर होटलमा समेत हात हाले। भारतीसहितको समूहले पहिलेको बाडभंज्याङ तथा अहिलेको चन्द्रागिरी नगरपालिकाको ४२ रोपनी क्षेत्रफलमा फैलिएको पातलेवन भाइनयार्ड रिसोर्ट  खोलेका छन्। 
 
अंगुरको बगैंचायुक्त  रिसोर्ट आकर्षक छ। सामूहिक लगानीबाट रिर्सोट खोलेपनि भारतीलार्इ आफूले सिकेको सीप उपयोग गर्ने योजना बनाए। वेकरीमा पारगंत भारतीले काठमाडौंमा वेकरी शप खोल्ने योजना बनाए। लामो प्रयासपछि उनले बुद्धनगरको अल्फाविटा कम्लेक्सनजिकै ठाउँ पाए र नेपाल केक एण्ड बेक नामको बेकरी शपसँगै खोले।


 
यो वेकरी शपमा उनी आफैंले विभिन्न केकका परिकार उत्पादन गर्छन्। त्यहाँबाट उत्पादन भएका बेकरीका उत्पादन अल्फाविटा, मुनलाइट होटल, मोजो लगायतका होटल  र रेष्टुरेन्टमा बिक्री समेत हुन्छ।
४५ लाख रुपैयाँको लागतमा केक शप खोलेका भारतीले अहिले बेकरी सम्वन्धी तालिम समेत दिइरहेकाका छन्। ‘म मात्रै विदेश नगएर भएन युवापुस्तालार्इ समेत नजाने वातावरण बनाउन आवश्यक छ। त्यसैले मैले यहाँ तालिम समेत दिइरहेको छु’ उनले बिजमाण्डूसँग भने, म संघर्ष गरेर यहाँसम्म आइपुगेको छु। त्यसैले मैले पनि अरुलार्इ अवसर दिन सके भने अरुले पनि प्रगति गर्न सक्छन् भन्ने सोचार्इले तालिम दिएको हुँ। 
 
उनका अनुसार तालिम लिएर इन्टर्न गर्न समेत धेरै आउने गर्छन्।