BIZMANDU
www.bizmandu.com

१२ घण्टा काम गर्न विभागीय प्रमुखहरुलाई अर्थमन्त्रीको निर्देशन, भन्छन्- म पनि १२ घण्टा खट्छु

२०७५ बैशाख २

१२ घण्टा काम गर्न विभागीय प्रमुखहरुलाई अर्थमन्त्रीको निर्देशन, भन्छन्- म पनि १२ घण्टा खट्छु
१२ घण्टा काम गर्न विभागीय प्रमुखहरुलाई अर्थमन्त्रीको निर्देशन, भन्छन्- म पनि १२ घण्टा खट्छु

काठमाडौं। अर्थमन्त्री डा युवराज खतिवडाले बजेट निर्माणका क्रममा १२ घण्टा खटेर काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। बजेटको तयारीका लागि समय कम रहेकोले गर्नुपर्ने काम धेरै बाँकी भएको भन्दै अर्थमन्त्री खतिवडाले धेरै समय काम गर्न निर्देशन दिएका हुन्। 
 
'अब म पनि १२ घण्टा काम गर्छु, तपाईंहरु पनि त्यसकालागि तयार रहनुहोला,' मन्त्री खतिवडाले विभागीय प्रमुखहरुलाई भनेका छन्, 'बजेट निर्माणको समय अब धेरै छैन। हामीले छोटो समयमा धेरै नतिजा निकाल्नु छ।'

Tata
GBIME
Nepal Life


आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेट निर्माणका लागि अब ४५ दिन समय बाँकी छ। अर्थ मन्त्रालयले विभिन्न मन्त्रालय तथा निकायहरुलाई १२ खर्ब ४ अर्ब रुपैयाँको बजेट सिलिङ उपलब्ध गराएको छ। 
 
'मन्त्रालयहरुबाट अब विस्तारै बजेट प्रस्ताव हुन थाल्छन्, हामीले पनि आफ्नो हिसाबले तयारी अघि बढाउनु पर्नेछ,' अर्थ मन्त्रालयका एक सहसचिवले भने, 'वित्त आयोगले बजेट निर्माणका केही आधारहरु पनि दिएको छ। राजस्व बाँडफाँटको आधार पनि तयार गरेको छ। त्यसैभित्र बसेर बजेट निर्माणको तयारी भइरहेको छ।'
 
बजेट अघि नै सार्वजनिक गर्नुपर्ने आर्थिक सर्वेक्षणको तयारी पनि मन्त्रालयले गरिरहेको छ। यसकालागि विवरण पठाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिइएको छ। त्यस्तै संस्थान समन्वय महाशाखाले पनि सार्वजनिक संस्थानहरुको स्थिती प्रतिवेदन तयारीलाई तीव्रता दिएको छ।