BIZMANDU
www.bizmandu.com

किसानलाई एनएमबी बैंकले वितरण गर्यो विउविजन, तरकारी खेतीमा सहयोग पुग्ने

२०७४ चैत्र २७

किसानलाई एनएमबी बैंकले वितरण गर्यो विउविजन, तरकारी खेतीमा सहयोग पुग्ने
किसानलाई एनएमबी बैंकले वितरण गर्यो विउविजन, तरकारी खेतीमा सहयोग पुग्ने

काठमाडौं। एनएमबी बैंकले सप्तकोशी नगरपालिका वडा नं ४ बर्लादहका किसानहरुलाई ८ लाख ५० हजार रुपैयाँ वरावरको बेमौसमी तरकारीको बिउ वितरण गरेको छ। बैंकले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत ११ किसिमका बेमैसमी तरकारीका विउ वितरण गरेको हो। 
 
बैंकले व्यवसायीक खेतीमा सहयोग पुग्ने उद्देश्यले तरकारी खेती, नगदेवाली, अन्नवाली लगायत अन्य वालीहरु लगाउन १२३ जना किसानहरुलाई विउ प्रदान गरेको हो।


 
कार्यक्रममा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (आईसिआईएमओडि) र अष्ट्रेलियन सरकारको संयुक्त सहयोगमा सप्तरी जिल्लाका २३ किसानलाई सोलार पम्पसमेत वितरण गरेको छ। 
 
कार्यक्रमहरु बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले व्यवसायीक तरकारी खेतीका लागि बैंकले सानो पहल गरेको बताए। 

Tata
GBIME
Nepal Life