BIZMANDU
www.bizmandu.com

कृषि बैंकले ४.८६ प्रतिशत हिस्सा कर्मचारीलाई विक्री गर्दै, १५ करोड ५५ लाखको सेयर अफलोड हुने

२०७० जेठ २६

कृषि बैंकले ४.८६ प्रतिशत हिस्सा कर्मचारीलाई विक्री गर्दै, १५ करोड ५५ लाखको सेयर अफलोड हुने
कृषि बैंकले ४.८६ प्रतिशत हिस्सा कर्मचारीलाई विक्री गर्दै, १५ करोड ५५ लाखको सेयर अफलोड हुने


काठमाडौं । कृषि विकास बैंकले आफ्ना कर्मचारीलाई १५ करोड ५५ लाख रुपैयाँको सेयर विक्री गर्ने भएको छ । बैंकमा सरकारसँग रहेका सेयरमध्ये ४.८६ प्रतिशत सेयर सरकारले आइतवारदेखि कर्मचारीलाई अफलोड गर्न लागेको हो । बैंकले सेयर विक्री असार नौ गतेसम्म जारी रहने जानकारी दिएको छ ।
सेयर विक्रीका लागि सरकारबाट अनुमति पाएको कृषि विकास बैंकले धितापेत्र बोर्डबाट जेठ २० गते अनुमति प्राप्त गरेको थियो । बैंकमा छ अर्ब ४३ करोड ६८ लाख रुपैयाँको नन्क्युमुलेटिभ इरिडिमेबल प्रिफरेन्स सेयरसहित नौ अर्ब ४७ करोड ४३ लाख रुपैयाँको चुक्ता पुँजी छ । यो देशकै सबैभन्दा बढी शेयरधनी भएको बैंक समेत हो । बैंकको एक अर्व ६२ करोड ५० लाख रुपैयाँको सेयर सरकारसँग र एक अर्व ४१ करोड २५ लाख रुपैयाँको सेयर सर्वसाधरणसँग छ ।
बैंकले राष्ट्र बैंकको स्वीकृती र साधरणसभाबाट अनुमोदन हुने गरी प्रिफरेन्स सेयरवापत सेयरधनीलाई प्रतिसेयर छ रुपैयाँ र साधरण सेयरधनीलाई पाँच रुपैयाँ २६ पैसा लाभांस वितरणको प्रस्ताव गरेको छ । बैंकले तीन वर्ष अघि सर्वसाधारणलाई सेयर जारी गरेको थियो । बैंकले कर्मचारीलाई प्रतिकित्ता सय रुपैयाँमा सेयर अफलोड गर्न लागेको हो । बजारमा कृषि विकास बैंकको सेयर अहिले प्रतिकित्ता २२१ रुपैयाँमा कारोवार भएको छ ।
बैंकले साधारण सेयरका लागि मात्रै १५ करोड ९७ लाख रुपैयाँ लाभांस वितरण गर्नुपर्दछ, त्यसमध्ये सर्वसाधरण सेयरधनीको खातामा सात करोड ४२ लाख रुपैयाँ लाभांस जानेछ, सरकारले भने साधारण सेयरबाट आठ करोड ५४ लाख रुपैयाँ र प्रिफरेन्स सेयरबाट ३८ करोड ६२ लाख रुपैयाँ गरी ४७ करोड रुपैयाँ लाभांस जानेछ । बैंकले दुवैका लागि गरेर झण्डै ५० करोड लाभांस वितरण गर्नुपर्नेछ । बैंकले अघिल्लो आर्थिक वर्षमा एक अर्ब ८६ करोड १० लाख रुपैयाँ मुनाफा कमाएको थियो । बैंकले कर र कर्मचारी बोनस अघि दुई अर्ब ६५ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको थियो । बैंकले ४३ अर्ब निक्षेप र ३९ अर्ब कर्जा लगानी गरेको छ ।
बैंकमा दुई लाख २८ हजारभन्दा बढी सेयरधनी छन् भने देशभर २४३ शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ । बैंकमा सात लाख ५५ हजार निक्षेपकर्ता छन्, यो देशमा सबैभन्दा बढी निक्षेपकर्ता भएको बैंक समेत हो । नेपाल सरकारले साँवा व्याज मिनाहा कार्यक्रम अन्र्तगत बैंकलाई तीन अर्ब ८६ करोड रपैयाँ दिएको थियो । यो रकमलाई पुँजीगत जगेडा कोषमा राखिएपछि सञ्चित नोक्सानीमा रहेको बैंक सञ्चित मुनाफामा गएको थियो । यही मुनाफाका कारण बैंकलाई लाभांस वितरणको बाटो खुलेको हो । बैंकको अहिले नेपाल स्टकमा प्रतिकित्ता २३० रुपैयाँ हाराहारीमा कारोवार भैरहेको छ ।

Tata
GBIME
NLIC