BIZMANDU
www.bizmandu.com

साना निक्षेपकर्ताको मुहारमा मुस्कान : दुई लाखको सट्टा तीन लाखसम्मको निक्षेप विमा

२०६९ साउन १०

काठमाडौं । ब्याङ्क तथा वित्तिय संस्थामा रहेको दुई लाख सम्मको निक्षेप विमा (सुरक्षण) गर्ने व्यवस्थालाई मौद्रिक नीतिबाट परिवर्तन गरेर राष्ट्र बैंकले तीन लाख पु¥याएको छ । त्यस बाहेक महिला, विपन्न तथा ग्रामिण भेगका जनतालाई विभिन्न उद्योग व्यवसाय सञ्चालनका लागि कर्जा प्रवाहमा प्रोत्साहन गर्ने मौद्रिक नीतिमा उल्लेख छ ।
पुर्ण बजेट नआएको बेला आर्थिक बर्ष २०६९/७० को मौद्रिक नीतिले धेरै जनमुखि कार्यक्रमहरु समेटेको छ । बहुसंख्यक नेपाली औपचारिक वित्तिय पहुँचबाट बाहिरै रहेका बेला आफुहरु शहरी अर्थतन्त्रमा मात्र केन्द्रित हुन नसक्ने गभर्नर डा. युवराज खतिवडाको भनाइ छ ।
उत्पादनशिल क्षेत्रमा कर्जा बढाउने उध्येश्यले ६.५ प्रतिशत रहेको कृषि र जलविद्युतको पुनरकर्जा दर तथा ७ प्रतिशत रहेको अन्य उत्पादन क्षेत्रको पुनरकर्जा दर ६ प्रतिशत कायम गरिएको छ । यस्तो पुनरकर्जा सुविधा लिएका बैंकहरुले बढिमा ९ प्रतिशत मात्र ब्याज लिएर कर्जा प्रवाह गर्नु पर्ने व्यवस्था पनि गरिएको छ ।
बाणिज्य बैंकहरुको इजाजत पत्र स्थगनलाई निरन्तरता दिए पनि ग्रामिण क्षेत्रमा ब्याङ्किङ सेवा विस्तारका लागि लघुवित्त विकास ब्याङ्कहरुलाई भने खुल्न दिने राष्ट्र बैंकले जनाएको छ । कृषि क्षेत्रको परिभाषा परिवर्तन गरि औजार, मल विउ, दाना, सिञ्चाई तथ कृषि उत्पादन भण्डारण र कृषि उपज प्रवधर्नलाई पनि समेटेको छ । कृषि, उर्जा, पर्यटन र घरेलु तथा साना उद्योगमा कर्जा प्रवाह २० प्रतिशत पु¥याउनै पर्ने प्रवाधानलाई सहजता प्रदान गर्न कृषि क्षेत्रको परिभाषालाई विस्तार गरेको जनाइएको छ । यस कृषि अन्तर्गत खेतीपाती तथा वाली नालीलाई मात्र समेटिएको थियो । विदेशमा बस्ने नेपालीहरुले स्वदेशमा व्यवसाय गर्न आए उनीहरुलाई प्रोत्साहन गर्ने नीति लिइएको छ ।

Tata
GBIME
Nepal Life