BIZMANDU
www.bizmandu.com

देव:विकास बैंकको ४०% हकप्रद चैत्र २६ देखि, यसरी पुर्याउदैछ बैंकले २ अर्ब ५३ करोड रुपैयाँ

२०७४ चैत्र ८

काठमाडौं। देव: विकास बैंकले चुक्ता पूँजी एक अर्ब ६३ करोड रुपैयाँको ४० प्रतिशत हकप्रद चैत्र २६ गतेदेखि निष्काशन गर्ने भएको छ। बैंकले निष्काशन गरेको हकप्रद फागुन १६ गतेसम्म कायम भएका शेयरधनीले आवेदन दिने पाउनेछन्।

Tata
GBIME
Nepal Life

बैंकले प्रति शेयर १०० रुपैयाँको दरमा ६५ लाख ३३ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको हो। हकप्रदको लागि शेयरधनीले चेत्र २६ देखि वैशाख ३० गतेसम्म भर्न पाउने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआइविएल एस क्यापिटलले जनाएको छ। हकप्रद आवेदनको लागि एनआइविएल एस क्यापिटल लाजिम्पाट, देवः विकास बैंकको केन्द्रिय तथा शाखा कार्यालयहरु र आस्वा सुविधा भएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु रहेका छन्।

बैंकको ४० प्रतिशत हकप्रद निष्काशन गरेसँगै संस्थापकतर्फ ५१ प्रतिशत अर्थात एक अर्ब १६ करोड रुपैयाँ र सर्वसाधारण समूह तर्फ ४९ प्रतिशत एक अर्ब १२ करोड रुपैयाँ पुग्नेछ।

बैंकले यस भन्दा अगाडी साझा विकास बैंक र युनियन फाइनान्स गाभेर एक अर्ब ६३ करोड रुपैयाँ पुर्याएको थियो। बैंकले गत कात्तिक २२ गतेसम्म कायम भएका शेयरधनीले १७.१ प्रतिशत बोनस शेयर पाउने निर्णय गरेको भए पनि नेपाल राष्ट्र बैंकबाट स्विकृतीमा ढिलाइ भएपछि बोनस शेयर वापतको पूँजीमा हकप्रद कायम नहुने बैंकका कम्पनी सचिव सागर ताम्राकारले बताए। १७.१ प्रतिशत बोनस शेयर गत आर्थिक वर्षको नाफाबाट दिएको हुँदा एक अर्ब ४४ करोड रुपैयाँमा लागु हुनेछ।

अहिले निष्काशन गरेको ४० प्रतिशत हकप्रद र बैंकले १ अर्ब ४४ करोडको लागि घोषणा गरेको १७.१ प्रतिशत बोनस शेयर अर्थात २४ करोड ७० लाख रुपैयाँपछि  चुक्ता पूँजी दुर्इ अर्ब ५३ करोड रुपैयाँ पुर्याउनेछ।