BIZMANDU
www.bizmandu.com

एभरेष्ट इन्स्योरेन्स संस्थापक शेयर कायम गर्न १०५% हकप्रद दिने, त्यसपछि अर्को ३००% शेयर

२०७४ चैत्र ८

एभरेष्ट इन्स्योरेन्स संस्थापक शेयर कायम गर्न १०५% हकप्रद दिने, त्यसपछि अर्को ३००% शेयर
एभरेष्ट इन्स्योरेन्स संस्थापक शेयर कायम गर्न १०५% हकप्रद दिने, त्यसपछि अर्को ३००% शेयर

काठमाडौं। एभरेष्ट इन्स्योरेन्स कम्पनीले संस्थापक र सर्वसाधारण शेयरधनी कायम हुने गरि हकप्रद निष्काशनको लागि बैशाख १० गते साधारणसभा डाकेको छ। चैत्र ७ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी १२ करोड १५ लाखको १० प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ।
 
बोनस शेयरपछि कम्पनीको पूँजी १३ करोड ३६ लाख रुपैयाँ पुग्नेछ। कम्पनीले यसभन्दा अगाडस ६०० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णयमा धितोपत्र बोर्डले कम्पनीको संस्थापक शेयर नभएको भन्दै पहिले त्यो कायम गर्न निर्देशन दिएको थियो।
 
कम्पनीले संस्थापक शेयर कायम गर्नका लागि बोनस शेयरपछिको पूँजी १३ करोड ३६ लाख रुपैयाको १०५ प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ। १०५ प्रतिशत हकप्रदबाट बाँडफाँड गर्दा आउने पैसा संस्थापक शेयरका रुपमा कायम हुने छ। यसबाट कम्पनीको पूँजी २७ करोड ३९ लाख रुपैयाँ पुग्नेछ। संस्थापक र सर्वसाधारण शेयरधनीको अनुपात ५१:४९ प्रतिशत कायम हुनेछ।
 
कायम हुने २७ करोड ३९ लाख रुपैयाँ चुक्ता पूँजीलाई एक अर्ब रुपैयाँ पुर्याउनु पर्ने नियामकीय प्रावधान छ। यसका लागि कम्पनीले ३०० प्रतिशत हकप्रद जारि गर्नु पर्ने हुन्छ। ३०० प्रतिशत हकप्रदपछि चुक्ता पूँजी एक अर्ब ९ करोड रुपैयाँ कायम हुनेछ। 
 
कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत्र २६ गतेदेखि बैशाख १० गतेसम्म बुक क्लोज गर्ने भएको छ। चैत्र २५ गतेसम्म कायम शेयरधनीले कम्पनीले घोषणा गरेको १० प्रतिशत बोनस शेयर पाउनेछन्। 

Tata
GBIME
Nepal Life