BIZMANDU
www.bizmandu.com

सोनीका दुई मोडलका क्यामरा नेपाली बजारमा, मूल्य साढे २३ हजारबाट सुरु

२०७० जेठ २२

सोनीका दुई मोडलका क्यामरा नेपाली बजारमा, मूल्य साढे २३ हजारबाट सुरु
सोनीका दुई मोडलका क्यामरा नेपाली बजारमा, मूल्य साढे २३ हजारबाट सुरु



काठमाडौं । सोनीको आधिकारिक बिक्रेता नेपा हिमा ट्रेड लिंकले सोनीका दुई क्यामराको बिक्री सुरु गरेको छ । कम्पनीले मंगलबार पत्रकार सम्मेलन गरी क्यामराको बिक्री वितरण सुरु भएको जानकारी दिएको हो । कम्पनीले डिएससी–एच १०० र सिएससी–एच २०० मोडलका क्यामराको बिक्री सुरु गरेको हो । २३ हजार ५ सय रुपैयाँ बजारमूल्य  तोकिएको सिएससी–एच १०० २१ गुणा जुम क्षमताका साथै १६.१ मेगापिक्सेल छ । सिएससी–एच २००मा २६ गुणा जुम क्षमता रहेको कम्पनीले जनाएको छ । यसमा २०.१ मेगा पिक्सेल क्षमता छ । कम्पनीले यो क्यामराको मूल्य २६ हजार रुपैयाँ तोकेको छ ।

Tata
GBIME
NLIC