BIZMANDU
www.bizmandu.com

एभरेष्ट बैंकको एक्सटेन्सन काउन्टर बिस्तार, नयाँ काउन्टर मोरङको बिराटचोकमा

२०७४ चैत्र ५

काठमाडौं। एभरेष्ट बैंकले मोरङको बिराटचोकमा नयाँ एक्सटेन्सन काउन्टर बिस्तार गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले एक कार्यक्रम आयोजना गरी  नयाँ काउन्टरको बिस्तार गरेको जनाएको छ। सुन्दर हरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल तथा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले काउन्टरको उद्घाटन गरेका थिए।

कार्यक्रममा सुन्दर हरैंचा उद्योग बाणिज्य संघका अध्यक्ष नवराज चापागाइ, बरिष्ठ उद्योगी भोला दुलाल, बैकका नायव महाप्रबन्धकहरु लगायत स्थानीय तथा सामाजिक संघ संस्थाका पदाधिकारीहरुको पनि उपस्थिति रहेको बैंकले जारी गरेको प्रेस बिज्ञप्तीमा जनाइएको छ।  

एभरेष्ट बैंकले हाल ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत सेवा दिँदै आएको जनाएको छ।