BIZMANDU
www.bizmandu.com

अर्थमन्त्री युवराज खतिवडाको निर्देशनले वीरगंजको सुक्खा बन्दरगाहमा रोकियो सय कन्टेनर मरिच

२०७४ चैत्र ३

अर्थमन्त्री युवराज खतिवडाको निर्देशनले वीरगंजको सुक्खा बन्दरगाहमा रोकियो सय कन्टेनर मरिच
अर्थमन्त्री युवराज खतिवडाको निर्देशनले वीरगंजको सुक्खा बन्दरगाहमा रोकियो सय कन्टेनर मरिच

वीरगंज।अर्थमन्त्री युवराज खतिवडाले भन्सार मूल्यांकन सन्दर्भ मूल्यमा मात्रै गर्न निर्देशन दिएपछि वीरगंजस्थित सिर्सिया सुक्खा बन्दरगाहमा एक सय कन्टेनर मरिच रोकिएको छ।

Tata
GBIME
Nepal Life

खतिवडा अर्थमन्त्री हुनु अगाडी प्रति टन ३१ सय अमेरिकी डलरमा भन्सार मूल्यांकन गरेर मरिच आयात गरिरहेका थिए।तर सन्दर्भ मूल्यम मरिचको भन्सार मूल्यांकन ७ हजार डलर छ।भन्सार मूल्यांकन दोब्बर भन्दा बढी भएपछि व्यवसायीले जाँचपास रोकेर बसेका छन्।अहिले भन्सार अधिकारीले सन्दर्भ मूल्य वाहेकमा भन्सार जाँचपास नहुने जिकिर गरेका छन्।वीरगंज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष सुवोध गुप्ताका अनुसार सुक्खा बन्दरगाहमा ६४ करोड रुपैयाँ बराबरको मरिच रोकिएका छन्।
 

‘सयदेखि डेढ सय कन्टेनरको माल थुप्रिएको,’उनले भने,‘व्यवसायीले पैसा हालेर माल मागाएर भन्सारले नछोडेपछि समस्या भइरहेको छ ।’उनले मरिचको जाँचपासमा ढिलार्इ हुँदा व्यवसायी मर्कामा पर्ने भन्दै तत्कालै सहजीकरण गर्नुपर्ने माग गरे। गुप्ताले अर्थमन्त्रीले भन्सारमा सन्दर्भ मूल्यबाट मूल्यांकन गर्न दिएको निर्देशन अवैज्ञानिक रहेको बताए।मरिचको भन्सार मूल्यांकन दोब्बर हुन थालेपछि कोलकोत्ता र रक्सौंलमा करि ८ र्याक मरिच होल्ड गरिएको छ।
 
मरिच व्यवसायीलाई अर्थमन्त्री खतिवडा भेटेनन्
अर्थमन्त्री खतिवडाको निर्देेशनको कारण समस्यामा रहेका व्यवसायी मरिच छुटाउन वीरगंज देखि काठमाडौंसम्म धाएका छन्।तर उनीहरुलार्इ सफलता मिलेको छैन।

व्यवसायीले राजस्व सचिव शिशिर ढुंगाना र भन्सार विभागका महानिर्देशक जगदीश रेग्मीलार्इ भेटर समस्या अवगत गराए।तर उनीहरुबाट समस्या समाधान हुन सकेन्। मरिच आयातकर्ता पशुपति खण्डेवाल लगायतका टिमले अर्थमन्त्री खतिवडालार्इ भेटेर समस्या अवगत गराउन चाहेका थिए तर अर्थमन्त्रीले व्यवसायी भेट्न मानेन्।