BIZMANDU
www.bizmandu.com

सूर्यविनायकमा स्मार्ट सेलको नयाँ सेन्टर खुल्यो, भक्तपुर आसपासका ग्राहकलाई सेवा लिन सहज

२०७४ चैत्र २

काठमाडौं। हालै फोर जी सेवा सुरु गरेको स्मार्ट टेलिकमले भक्तपुरको सूर्य विनायकमा स्मार्ट सेन्टर बिस्तार गरेको छ।

Tata
GBIME
Nepal Life

स्मार्ट सेन्टरबाट उपभोक्तालाई प्रभावकारी सेवा उपलब्ध हुने तथा स्मार्टका उत्पादन तथा सेवाहरुको जानकारी सहजै प्राप्त हुने स्मार्ट टेलिकमले बिज्ञप्तीमार्फत जानकारी दिएको छ । सेन्टरबाट भक्तपुर तथा आसपासका ग्राहकहरुका सहज एवं सुलभ सेवा दिइने बताइएको छ।

कम्पनीले दिने सेवा तथा नयाँ उत्पादनहरुको जानकारी ग्राहकहरुले यहाँबाट सहजै प्राप्त गर्नसक्ने बिज्ञप्तीमा उल्लेख छ। स्मार्ट सेलको नयाँ सेन्टरको समुद्घाटन कम्पनीका अध्यक्ष सर्वेस जोशीले गरे।

यस अघि स्मार्ट सेलले कुमारी पाटी तथा पुतलीसडकमा पनि आफ्नो सेन्टरको स्थापना गरिसकेको छ। पोखरामा पनि छिटै नै नयाँ सेन्टर स्थापना गर्न लागेको पनि कम्पनीले जनाएको छ।