BIZMANDU
www.bizmandu.com

जनता बैंक गोरखाको बारपाक पुग्यो, प्राइम लाइफ इन्स्योरेन्ससँग बैंकास्योरेन्स सम्झौता

२०७४ चैत्र १

काठमाडौं। जनता बैंकले गोरखा जिल्लाको वारपाक क्षेत्र अन्तर्गत रहेको सुलिकोट गाँउपालिकामा नयाँ शाखा संचालनमा ल्याएको छ। बैंकले ९६ औं शाखा गोरखामा खोलेको जनाएको छ।

Tata
GBIME
Nepal Life

बैंकले निक्षेपकर्तालार्इ कर्जाका साथै एकद्धार सेवा प्रणाली दिने क्रममा प्राइम लाइफ इस्योरेन्ससँग बैंकास्योरेन्स सेवाको समेत सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टरार्इले हस्ताक्षर गरेको कम्पनीले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ।