BIZMANDU
www.bizmandu.com

माछापुच्छ्रे बैंकको डेपुटी सिइओमा सन्तोष कोइराला, निरजको राजिनामापछि नयाँ सिइओको खोजी

२०७४ चैत्र १

माछापुच्छ्रे बैंकको डेपुटी सिइओमा सन्तोष कोइराला, निरजको राजिनामापछि नयाँ सिइओको खोजी
माछापुच्छ्रे बैंकको डेपुटी सिइओमा सन्तोष कोइराला, निरजको राजिनामापछि नयाँ सिइओको खोजी

काठमाडौं। माछापुच्छ्रे बैंकले सन्तोष कोइरालालाई कामु डेपुटी प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ। उनी त्यहाँ डेपुटी महाप्रबन्धक थिए। 
 
१८ बर्षदेखि बैंकिङ क्षेत्रमा रहेका कोइरालाले बैंक अफ काठमाण्डू (बिओके) बाट करियर शुरु गरेका हुन्। उनले त्यहाँ सहायक पदबाट करियर शुरु गरेका थिए। बिओकेमा साढे चार बर्ष बिताएपछि कोइराला सानिमा बैंक गएका थिए।
 
सानिमा बैंकमा उनले साढे नौं बर्ष बिताए। त्यसपछि उनी माछापुच्छ्रे बैंक गएका थिए। उनी माछापुच्छ्रे बैंक गएको पाँच बर्ष हुन लाग्यो। त्रिभूवन विश्वविद्यालयबाट एमबिए गरेका उनीसँग बैंकिङभित्रकै अधिकांस विभागको अनुभव छ। उनले ऋण लगानी, सञ्चालन, ट्रेजरी, मानव संशासन विभागलगायतको नेतृत्व गरिसकेका छन्। 
 
यसैबीच माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतबाट निरज श्रेष्ठले राजिनामा गरेपछि बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृतको खोजि शुरु गरेको छ। अर्को सातासम्म नयाँ प्रमुख कार्यकारी नियुक्त गरिसक्ने सञ्चालक समिति स्रोतले जानकारी दियो।

Tata
GBIME
Nepal Life