BIZMANDU
www.bizmandu.com

सांग्रिला बैंकका ५५ नयाँ कर्मचारीलार्इ अभिमुखिकरण तालिम, थप २२ शाखा संचालनमा ल्याउने

२०७४ फागुन ३०

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले नवनियुक्त ५५ जना कर्मचारीलार्इ १० दिने अभिमुखिकरण तालिम दिएको छ। बैंकले काममा जानु भन्दा अगाडि सामाजीकरण, अभिमुखिकरण तथा कम्युटर तालिम दिएको जनाएको छ।

Tata
GBIME
Nepal Life

तालिममा  क्रेडिट, कस्टमर सर्भिस, टेलर व्यवस्थापन, नक्कली नोट तथा सिग्नेचर भेरिफिकेसन लगायतका बिषयमा जानकारी दिइएको बैंकले प्रेस बिज्ञप्तीमार्फत जनाएको छ।

तालिम सकिएसँगै बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले यस्तो तालिमले कर्मचारीको कार्यकुशलता बढ्ने बताए।

बैंकले नयाँ कर्मचारी नियुक्ती गरेसँगै नयाँ २२ वटा शाखा कार्यालय खोल्ने समेत जनाएको छ। बैंकका अनुसार नयाँ कार्यालय संचलनामा आएसँगै बैंकका शाखाहरु ५८ वटा पुग्ने छ।