BIZMANDU
www.bizmandu.com

४ अंक बढेको शेयर बजारको कारोबार १८ करोडमा खुम्चियो, नेपाल लाइफको सबैभन्दा बढी कारोबार

२०७४ फागुन ३०

काठमाडौँ। बुधबार सामान्य उतारचढावका बीच शेयर बजार बढेर बन्द भएको छ। शेयरबजार मापक सूचक ४.०६ अंकले बढेर १२८५.९६ अंकमा उक्लिएको छ। कारोबार मापक सूचक बढेको भएपनि कारोबार रकम भने पछिल्ला दिन घट्दै गएको छ।

Tata
GBIME
Nepal Life

बुधबार १५६ कम्पनीका ६ लाख २३ हजार कित्ता १८ करोड ४५ लाख रुपैयाको कारोबार भयो। सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक करोड रुपैयाँ बराबरको कारोबार भयो।

बुधबार १२८१ अंक बाट बजार सुरु भएको थियो। पौने एक घण्टामा बजारले तीन अंक उक्लिदैँ १२८४ अंक भेट्टाएको थियो। त्यपछि घट्दो लयमा देखिएको बजार सवा १२ बजे एक अंक गुमाउँदै १२८० अंकमा झरेको थियो। दुई बजेसम्म सामान्य देखिएको बजार त्यसपछि भने पून: उक्लिएर अन्तमा चार अंकको बृद्धिमा बन्द भयो।

उपसूचक मिस्रित देखिएको छ। नौ समुहको कारोबारमा ६ समूह बढेका छन् भने तीन समूह घटेको छ। बैंक ३.७३, विकास बैंक ४.२८, जलाबिध्युत ९.३, बीमा २९.२१, अन्य १.९५ र लघुवित्त ८.५७ अंकले बढेका छन्। होटल २६, फाइनान्स ०.८८, उत्पादनमुलक ६.८२ अंकले घटेका छन्।


बुधबार वर्ल्ड मर्चेन्ट बैंकका शेयरधनीले सबैभन्दा बढी करिब आठ प्रतिशत कमाएका छन् भने नयाँ नेपाल लघुवित्त विकास बैंकका शेयर धनीले सबैभन्दाबढी चार प्रतिशत गुमाएका छन्।