BIZMANDU
www.bizmandu.com

सरकारी सेवाको अवसरः लोक सेवाले माग्यो ५७५ खरिदार, एसएलसी पासले फारम भर्न पाउने

२०७४ फागुन ३०

सरकारी सेवाको अवसरः लोक सेवाले माग्यो ५७५ खरिदार, एसएलसी पासले फारम भर्न पाउने
सरकारी सेवाको अवसरः लोक सेवाले माग्यो ५७५ खरिदार, एसएलसी पासले फारम भर्न पाउने

काठमाडौँ।  लोक सेवा आयोगले राजपत्र अनङ्कित द्धितीय श्रेणी (खरिदार) पदको पदपूर्तिको सूचना प्रकाशित गरेको छ। खुला तथा समावेशी रुपमा हुने पदपूर्तिका लागि ५७५ कोटा निर्धारण गरिएको छ। यस्तै आन्तरिक खुलातर्फ १५९ जनाका लागि दरखास्त आह्वान भएको छ। आन्तरिक खुला र खुला कोटामा गरी ७३४ जनाको पदपूर्ति हुनेछ।


 
आयोगले न्याय, कानुन, सरकारी वकिल, प्रशासन, सामान्य प्रशासन, लेखा तथा व्यवस्थपिका संसद् सबै सेवामा जनशक्ति माग गरेको हो।
 
आयोगले पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयमा खुला तथा समावेशी गरी ३० कोटा निर्धारण गरेको छ। यस्तै मेचीमा १८, सगरमाथामा ९०, बाग्मतीमा ६८ जनाको कोटा तोकिएको छ। 
 
आयोगको सूचना अनुसार जनकपुरमा ३८, नारायणीमा ६५, पोखरामा ३८ लुम्विनीमा ४०, धवलागिरिमा ३५ जनाको कोटा तोकिएको छ।
 
मध्यपश्चिम क्षेत्रीय निर्देशनालय सुर्खेतका लागि ४३, राप्तीमा ३३, कर्णालीमा ३३, दिपायलमा २३, र महाकाली अञ्चल कार्यालय महेन्द्रनगरका लागि २१ जनाको कोटा निर्धारण गरिएको छ।
 
परीक्षा कार्यक्रम विज्ञापनसँग सम्वन्धित क्षेत्रीय कार्यालयहरुमा हुनेछ। आवेदन चैत २० गतेसम्म दिन सकिनेछ। दोब्बर दस्तुरमा चैत २७ गतेसम्मको समय तोकिएको छ। परीक्षा असार २५ र २६ गते हुनेछ।
 
खुला प्रतिस्पर्धाका उम्मेदवारको न्युनतम शैक्षिक योग्यता एसएलसी वा सो सरह हुनु पर्नेछ। ग्रेडिङ प्रणाली अनुसार नतिजा भएका उम्मेदवारका हकमा न्युनतम जीपीए २ अनिवार्य हुनु पर्नेछ।
 
आन्तरिक प्रतियोगिताका हकमा उम्मेदवारको न्युनतम योग्यता राजपत्र अनंकित तृतीय श्रेण वा श्रेणीविहीन पदमा काम गरी तीन वर्ष पूरा भएको हुनु पर्नेछ।

Tata
GBIME
Nepal Life