BIZMANDU
www.bizmandu.com

दोस्रो कार्यकालका लागि विद्या भण्डारी राष्ट्रपति निर्वाचित, कांग्रेसकी उम्मेद्वार पराजित

२०७४ फागुन २९

दोस्रो कार्यकालका लागि विद्या भण्डारी राष्ट्रपति निर्वाचित, कांग्रेसकी उम्मेद्वार पराजित
दोस्रो कार्यकालका लागि विद्या भण्डारी राष्ट्रपति निर्वाचित, कांग्रेसकी उम्मेद्वार पराजित

काठमाडौं। विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएकी छिन्। मंगलबार भएको निर्वाचनमा वर्तमान राष्ट्रपति भण्डारी नै दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन्। 


 
नेपाली कांग्रेसकी उम्मेद्वार कुमारी लक्ष्मी राईलाई पराजित गर्दै भण्डारीले दोस्रोपटक आफ्नो कार्यकाल सुरक्षित गरेकी हुन्। भण्डारीले ३९ हजार २७५ र राईले ११ हजार ७३० मतभार प्राप्त गरे।
 
भण्डारी यसअघि २०७२ कातिक ११ मा भएको निर्वाचनमा नेपाली कांग्रेसकै कुलबहादुर गुरुङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्।

Tata
GBIME
Nepal Life