BIZMANDU
www.bizmandu.com

माछापुच्छ्रे बैंकको निःशुल्क एमबिएल स्मार्ट बचतखाता, घरमै बसेर बैंकिङ सुविधा लिन सकिने

२०७४ फागुन २८

काठमाडौं। माछापुच्छ्रे बैंकले निःशुल्क एम.बि.एल स्मार्ट बचतखाता संचालनमा ल्याएको छ।
स्मार्ट सुविधा अन्तर्गत ग्राहकहरुले इन्टरनेट बैंकिङ सुविधा, एमबिएल मोबाइल मनी, डेविट कार्ड, क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर सुविधा, सि-आस्वा सुविधा, अन्तरशाखा कारोबार सुविधा र लकर सुविधामा समेत ५० प्रतिशत छुट पाउने बैंकले जनाएको छ।

Tata
GBIME
Nepal Life

बैंकका अनुसार खाता खोलेपछि ग्राहकले घरमै बसेर आफ्नो बचतलार्इ मुद्दतीमा रुपान्तरण गर्ने सक्ने छन्। बैंकले यस सुविधा अन्तर्गतको खातामा न्युनतम ५ हजार रुपैयाँ बचत गरेपछि ६ प्रतिशत व्याज दिने जनाएको छ।

बैंकले आफ्ना ग्राहकहरुलार्इ इलेक्ट्रोनिक माध्यमबाटै बैंक खाता संचालन गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस्तो खाता संचालनमा ल्याएको बताएको छ।

बैंकले ६२ वटा शाखा कार्यालय, ४ वटा एक्सटेन्सन काउन्टर, १४ वटा शाखा रहित बैंकिङ सेवा सहित ८० स्थानबाट सेवा प्रदान गर्दै आएको छ भने ८६ वटा एटिएम संचलनमा ल्याएको छ।