BIZMANDU
www.bizmandu.com

वार्षिकोत्समा सेञ्चुरी कमर्सियल बैंकको स्वास्थ्य परीक्षण, रक्तदान कार्यक्रम, सयजना लाभान्वित

२०७४ फागुन २६

काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकको सातौं वार्षिकोत्सवको उपल्यक्षमा विहीबार बैंकको प्रधान कार्यलय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ। चाबहिल, काठमाडौंस्थित ओम हस्पिटल एण्ड रिर्सच सेन्टरबाट चिकित्सक तथा ललितपुरस्थित रक्तसञ्चार सेवा केन्दको सहयोगमा कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको छ। 


 
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित शिविरमा सामान्य स्वास्थ्य परीक्षणका साथसाथै आँखा,  मुटु,  अर्थो तथा ग्यास्ट्रो सम्बन्धी स्वास्थ्य परीक्षण पनि गरिएको थियो। बालबालिकादेखि वृद्धवृद्धाहरुसमेतको सहभागी उक्त शिविरमा १०० जनाभन्दा बढीको निः शुल्क स्वास्थ्यपरीक्षण गरिएको थियो। 
 
यस्तै बैंकले आयोजना गरेको रक्तदान कार्यक्रमा ७० जनाभन्दा बढीको सहभागी थियो। कार्यक्रममा बैंकको अध्यक्ष राजेशकुमार श्रेष्ठलगायत सञ्चालक एवं उच्च व्यवस्थापनको उपस्थिती थियो। 

Tata
GBIME
Nepal Life