BIZMANDU
www.bizmandu.com

टोलटोलमा फुटबल खेल्न सिकाउने कोकको नयाँ अभियान सुरु, देशका ३० शहरमा अभियान सञ्चाल हुने

२०७४ फागुन २६

टोलटोलमा फुटबल खेल्न सिकाउने कोकको नयाँ अभियान सुरु, देशका ३० शहरमा अभियान सञ्चाल हुने
टोलटोलमा फुटबल खेल्न सिकाउने कोकको नयाँ अभियान सुरु, देशका ३० शहरमा अभियान सञ्चाल हुने

काठमाडौं, फागुन २६ । कोका-कोला नेपालले विश्वकप फुटबलको अबसर पारेर नयाँ अभियान सुरु गरेको छ। कम्पनीले यस अभियानलाई ‘खेल्ने होइन त ?’ नाम दिएको छ। ‘खेल्ने होइन त ?’ अभियानको उद्देश्य मानिसहरुलाई फुटबल खेल्न आह्वान गर्ने र 'कोक खाम् रसिया जाम्' भन्ने क्याम्पेनको बारेमा जानकारी दिनु भएको कम्पनीले जनाएको छ। 


 
केही समय अगाडी कोका-कोलाले सार्वजनिक गरेको ‘कोक खाम् रसिया जाम्’ क्याम्पेन अन्तर्गतकै एउटा हिस्साको रुपमा कम्पनीले यो अभियान संचालन गरिरहेको जनाइएको छ। कोका-कोलाले यस अभियानलाई सबै ठाँउमा पुर्याउने उद्देश्यले काम अघि बढाइरहेको पनि जनाएको छ। काठमाडौँ उपत्यकासहित देशका ३० शहरमा अभिया पुर्याटइने कम्पनीले जनाएको छ। 
 
यसरी खेल सम्पन्न भएपछि बिजेताले कोक लोगो अंकित विभिन्न विशेष उपहारहरु पाउने छन्। कोका-कोलाले विश्व कपको माहोल बनाउँन र युवाहरुको मनोरञ्जनकोलागि यो अभियान संचालन गरेको हो।
 
कोका-कोलाले रसियामा हुने विश्वकप खेर्न ४० जनालाई लाने घोषणा गरेको छ भने करिब १२ हजार पाँचससय जनाले पुरै क्याम्पेनमा बिजेता बन्ने मौका पाउने छन्। जसमा फिफा लोगो अंकित विशेषा उपहार दैनिक २०० जनाले पाउने छ । 

Tata
GBIME
Nepal Life