BIZMANDU
www.bizmandu.com

पूर्व अर्थमन्त्री रामशरण महत भन्छन्, ‘फजुल खर्च रोकेर सरकारले विकास निर्माणमा जोड दिनुपर्छ’

२०७४ फागुन २६

पूर्व अर्थमन्त्री रामशरण महत भन्छन्, ‘फजुल खर्च रोकेर सरकारले विकास निर्माणमा जोड दिनुपर्छ’
पूर्व अर्थमन्त्री रामशरण महत भन्छन्, ‘फजुल खर्च रोकेर सरकारले विकास निर्माणमा जोड दिनुपर्छ’

बुटवल। पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले देशको आर्थिक समृद्धिको लागि फजुल खर्चको अन्त्य गर्नुपर्ने बताएका छन्। फजुल खर्चलाई नियन्त्रण गरेर विकास निर्माणमा सरकार केन्द्रीत हुनुपर्नेमा महतले जोड दिए।

Tata
GBIME
Nepal Life

चौतारी लघुवित्त बैंक लिमिटेडले बुटवलमा गरेको कार्यक्रममा महतले सरकारले अनावस्यक क्षेत्रमा भइरहेको खर्च नियन्त्रण गरी विकास निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिए। महतले लघुवित्तमार्फत देशको विकास गर्न सकिने पनि उल्लेख गरे।

वर्तमान सरकारसंग बहुमत रहेकोले विकासका निम्ति राम्रा राम्रा योजना ल्याएर त्यसलाई कार्यान्वयनमा लैजानुपर्ने उनले बताए। चर्का भाषण गरेर देशको विकास नहुने उल्लेख गर्दै काम गरेर देखाउन सरकारलाई सुझाव पनि उनले दिए।