BIZMANDU
www.bizmandu.com

सन् २०१७ मा चीनमा ३० करोड पर्यटक ओइरिए, पर्यटक बढाउन ‘१ सय ४४ घण्टे’ भिसा सहज बनाइने

२०७४ फागुन २४

 बेइजिङले सन् २०१७ मा २९ करोड ७० लाख पर्यटकलाई स्वागत गरेको चिनियाँ पर्यटन सम्बन्धी सरकारी अधिकारीहरूले जनाएका छन् ।

Tata
GBIME
Nepal Life

अधिकारीहरूका अनुसार आन्तरिक र विदेशी गरी झण्डै ३० करोड पर्यटकलाई बेइजिङले स्वागत गरेको हो। यो संख्या सन् २०१६ को तुलनामा ४.३ प्रतिशतले बढी हो । गत वर्ष पर्यटन व्यवसायबाट ५४६.९ अर्ब युआन बराबरको आय आर्जन भएको उनीहरूले बताएका छन् ।

यस बर्ष ७ प्रतिशतले पर्यटन व्यवसायको आय आर्जनलाई बढाउने बेइजिङको उद्देश्य रहेको बताइएको छ । साथै यस वर्ष १४४ घण्टाको प्रवेशआज्ञालाई बढावा दिने पनि सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।