BIZMANDU
www.bizmandu.com

पञ्चकन्याले नेपालमा ल्यायो स्टेनलेस स्टिल वाटर ट्याङ्क, गुणस्तरीय र सुरक्षित भएको दावी

२०७० जेठ १८

पञ्चकन्याले नेपालमा ल्यायो स्टेनलेस स्टिल वाटर ट्याङ्क, गुणस्तरीय र सुरक्षित भएको दावी
पञ्चकन्याले नेपालमा ल्यायो स्टेनलेस स्टिल वाटर ट्याङ्क, गुणस्तरीय र सुरक्षित भएको दावी

काठमाडौं । पञ्चकन्या ग्रुपले नेपालमै पहिलो पटक आधुनिक प्रविधियुक्त स्टेनलेस स्टिल वाटर ट्याङ्क बजारमा ल्याएको छ । नेपाली बजारमा उक्त ट्याङ्की पाँच सयदेखि दुई हजार लिटरका विभिन्न आकर्षक साइजमा उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ । आधुनिक विशेषताहरुले गर्दा पिउने पानी, डेरी उद्योग, वाइन तथा वेभरेज उद्योग आदिका लागि एस. एस. वाटर ट्याङ्क निकै नै उपयोगी साबित भएको छ । साथै पानीको स्वादमा केही परिवर्तन नहुने, टक्सिक र खियारहित शुद्ध पानी प्रदान गर्ने भएकोले यो निकै गुणस्तरीय एवं प्रभावकारी छ ।
यो ट्याङ्की वर्षौं टिक्ने र चुहावटमुक्त भएकाले लामो समयसम्म पनि सुरक्षित रहिरहने कम्पनीका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले बताए  । उनले नेपाली बजारमा चल्दै आइरहेको पुरानो प्रविधिका ट्याङ्कीहरुलाई हालै भित्रिएको यो नयाँ एवं आधुनिक उत्पादनले विस्थापित गर्ने दावी गरे ।
उनले ट्याङ्कीको आउटलेट निप्पलसंगै कर्ब बटन भएकोले सिंगल फ्लसद्वारा सजिलै सफा गर्न मिल्ने, लक गर्न मिल्ने सुरक्षित कभर गार्ड, उत्पादनमा आउने खराबीमा लामो समयसम्मको लागि वारेन्टी तथा जुनसुकै मौसमका लागि पनि उपयुक्त हुने बताए ।
मुलुकको व्यवसाय जगत्मा अग्रणी स्थान हाँसिल गर्ने लक्ष्य बोकर अघि बढेको पञ्चकन्या ग्रुपले नेपाली उद्योग एवं व्यापारिक जगत्मा आफूलाई सफलतापूर्वक स्थापित गराइसकेको छ । यसका साथै अन्तर्राष्ट्रिय व्यापार, विभिन्न भवनहरु निर्माण कार्य, हाइड्रोपावर प्रोजेक्ट, विभिन्न स्कुल, कलेज, हस्पिटल लगायतका पूर्वाधार विकासका प्रोजेक्टहरुमा समेत कम्पनीको पहुँच पुगेको छ ।
अहिले यस संस्थाले नेपाली व्यवसाय जगतमा एक छुट्टै प्रतिष्ठा बोक्न सफल भइसकेको छ साथै यसको ब्रान्ड र उत्पादनहरु आफैंमा पनि गुणस्तरीय साबित भइसकेका छन् ।

Tata
GBIME