BIZMANDU
www.bizmandu.com

ललितपुरको जावलाखेलमा हबिब्स हेयर एण्ड ब्युटी सैलुनको शाखा, आँखामा पट्टी बाँधेर कपाल काटियो

२०७४ फागुन ११

काठमाडौं।  शुक्रबार अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज श्रेष्ठले हेयर सैलुन उद्घाटन गरे। डेढ दशक अघिदेखि नेपालमा सञ्चालित हबिब्स हेयर एण्ड ब्युटि सैलुनको दोस्रो शाखा संचालनमा आयो।

Tata
GBIME
Nepal Life

ललितपुरको जावलाखेलमा ‘हबिब्स बेरिना सलोन फर हिम एण्ड हर’को सुरुवात भएको हो। भारतमा मुख्य कार्यालय भएको हबिब्सको देशबाहिर ३१ शहरमा शाखा छन्। अभिनेत्री कार्कीले अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त हेयर स्टाइलिष्ट हबिब्सको सैलून नेपालमा विस्तार सकारात्मक रहेको बतार्इन्।

सैलुनको उद्घाटनका अवसरमा भारतका चर्चित हेयर स्टाइलिष्ट निलेश पारेखले आफ्नो विशेष हेयर कटिङ तथा स्टाइलिङ शो केस प्रस्तुत गरे। यसअघि लिम्का बुक अफ रेकर्ड्स तथा एशिया बुक अफ रेकर्डसमा नाम लेखाइसकेका भारतीय हेयर स्टाइलिष्ट पारेखले उद्घाटन समारोहमा आँखामा पट्टी बाँधेर युवतीको कपाल काटेका थिए।